पुर्वखाेला गाउँपालिका वडा नम्बर ४ देविनगरमा नि:शुल्क आँखा शिविर सम्पन्न

पाल्पा, पुर्वखाेला गाउँपालिकाकाे स्वास्थ्य शाखाकाे आयोजनामा देविनगर वडा कार्यालयकाे समन्वय ,देविनगर स्वास्थ्य चाैकिकाे व्यवस्थापन र नेपाल नेत्र ज्याेति संघ पाल्पा लायन्स लाकाैल आँखा अस्पतालकाे प्राविधिक सहयोगमा आँखा शिविर संचालन भएको थियो ।

शिविरमा ११४ जनाकाे आँखा परिक्षण  गरेमा १४ जनालाई माेति  विन्दु देखिएको छ। माेति विन्दु भएकाहरुलाइ फागुन १९ गते रिङनेरह स्वास्थ्य चाैकिमा निशुल्क अप्रेसन गर्ने पुर्वखाेला स्वास्थ्य शाखाका प्रमुख माेहन ढकालले बताउनुभयो ।

देविनगर वडाका अध्यक्ष मेहर सिं थापाले गाउघरमा आँखाकाे समस्या हुने बासिन्दा हुने तर उपचार गर्न गराउन पैसा नभएको हुदा राेग बालेर बस्नु पर्ने बाध्यता रहेकोमा आँखा शिविरले गर्दा घर दैलोमै उपचार गर्न पाउँदा पैसा  समयकाे बचत हुनुका साथै निशुल्क रुपमा औषधी पाउँदा स्थानीय बासिन्दालाइ ठुलो सहयोग पुगेकाे र आगामी वर्षमा पनि यस्ता शिविर संचालन गर्ने बताउँनुभयो ।

शिविरमा आँखा जाँच गर्न आउनुभएका जेष्ठ नागरिक बाेमबहादुर बारघरेले आँखाले राम्रो नदेख्ने र घरमा एक्लै हुँदा बाटाेहरु बिराएर अन्यत्र ठाउँमा पुग्ने गरेको थिए भन्नुभयो । अहिले आँखा जाँच गराउदा डाक्टर सावले माेतिया विन्दु भएको  बताउँदै अप्रेसन गर्दा राम्रोसँग देख्न मिल्छ भन्नुभएको छ । गाउँपालिकाले नि:शुल्क रुपमा अप्रेसन गरिदिन्छ रे उहाँले भन्नुभयो । अप्रेसन गरेपछि आँखाले राम्रोसँग देख्न पाइएला भन्नेमा आफू ढुक्क रहेको भन्दै आँखा चेकजाँचका लागि शिविर संचालन गरिदिएकोमा गाउँपालिका लाई धन्यवाद दिनुभयो ।

शिविरमा नेपाल नेत्रज्याेति संघ पाल्पा लायन्स लाकाैल आँखा अस्पतालका मनाेज शर्मा, मीन बहादुर कार्की, सम्भु अर्याल , देविनगर स्वास्थ्य चाैकिका कर्मचारीहरुले आँखा चेकजाँच गर्नुका साथै औषधी र चस्मा वितरण गर्नुभएको थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *