पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार एवं वामपन्थी राजनीतिज्ञ, लेखक , साहित्यकार काेइराला पुरस्कृत

पाल्पा, तानसेन नगरपालिकाकाे सहयोगमा पुष्पलाल स्मृति प्रतिष्ठान नेपाल पाल्पाले स्थापना गरेको पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार कमल काेइराला पुरस्कृत हुनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान नेपालले पुष्पलालकाे जन्मजयन्तीको अवसर पारेर जीवनको लामो समय सम्म पत्रकारितामा समर्पित रहनुभएका वरिष्ठ पत्रकार, साहित्यकार, लेखक एवं नेपालकाे वामपन्थी आन्दोलनमा पुष्पलालका समकालीन रहनुभएका राजनीतिज्ञ काेइरालालाई प्रतिष्ठानले पुरस्कार प्रदान गरेको हाे ।

लुम्बिनी प्रदेश प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि माननीय अमिक शेरचन, विशिष्ट अतिथि जिल्ला समन्वय समिति पाल्पा सभापति टंकनाथ खनाल, तानसेन नगरपालिकाका कार्यवाहक नगरप्रमुख प्रतीक्षा गाहा सिंजाली, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, पूर्व नगरप्रमुख अशोककुमार शाही र पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष गाेविन्द भट्टराईले काेइरालालाई ढाकाटाेपी, दाेसल्ला, सम्मान -पत्र सहित रू.१ लाख ११ हजार १ सय ११ रूपैयाँ राशिको नगद पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश प्रमुख माननीय अमिक शेरचनले पुष्पलालकाे समकालीन रहनुभएका काेइरालाकाे बारेमा बताउनुहुँदै आफुले उहाँलाई दाइ भन्ने गरेको र नेपालकाे राजनीति तथा सामाजिक आन्दोलनमा अहाेरात्र खट्दै लेखन कार्यका माध्यमबाट सामाजिक रूपान्तरणका लागि लागिपर्नु भएका असल र कर्मशील पात्रको रूपमा काेइरालालाई याे पुरस्कारबाट सम्मान गर्नु नै प्रतिष्ठानकाे सराहनीय कार्य भएको उहाँले बताउनुभयो ।

विशिष्ट अतिथि एवं जिल्ला समन्वय समिति पाल्पाका सभापति टंकनाथ खनालले पुष्पलालकाे जीवन कर्म र व्यक्तित्वकाे बारेमा चर्चा गर्दै विभिन्न समयमा नेपाली वामपन्थी आन्दोलनमा हुने गरेका टुटफुट माथि महत्त्वपूर्ण बिचार राख्नुहुदै फेरि पनि कम्युनिस्ट पार्टी एक भएर अगाडि बढ्नुपर्नेमा जाेड दिनुभएको थियोे ।

त्यस्तै तानसेन नगरपालिका कार्यवाहक नगरप्रमुख एवं विशिष्ट अतिथि प्रतीक्षा गाहा सिंजालीले पुष्पलाललाई जुनसुकै शब्दले सम्मान गरेपनि उहाँकाे उच्च स्तरमा रहेको विचारलाई हामीले सधैं श्रद्धाका आत्मसात गरेर अघि बढ्नुपर्ने बताउँदै तानसेन नगर सरकारले सदैव पुष्पलाल र विपिलाई आदर्शपुरूषका रूपमा लिएको र उहाँहरूकाे सम्मानका लागि प्रतिष्ठानले गर्ने हरेक कार्यक्रममा तानसेन नगरपालिकाबाट सहयोग हुने विश्वासका साथै प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठानका संरक्षक एवं तानसेनका पूर्व नगरप्रमुख अशोककुमार शाहीले पुष्पलाल र विपीका बारेमा बाेल्दै उहाँले स्मृति प्रतिष्ठान स्थापना गर्नुकाे यथार्थलाई प्रकाश पार्दै जसले साँचो अर्थमा देशको विकास समृद्धिका लागि संघर्ष गर्दै याेगदान दिए फलतः सम्मान स्वरूप जीवन्त राख्न प्रतिष्ठान स्थापना गर्नुको यथार्थलाई बताउँदै उक्त कुरा उल्लेख गर्नुभयो ।

पुष्पलाल स्मृति प्रतिष्ठानका सचिव गणेश ज्ञवालीले संक्षिप्तमा पुष्पलालकाे जीवन व्यक्तित्व र संघर्षका बारेमा प्रकाश पार्दै उहाँले वामपन्थी तथा लाेकतान्त्रिक आन्दोलनका शिखर पुरूषका रूपमा पुष्पलाल रहेको सन्दर्भ जाेड्दै पुष्पलाल कम्युनिस्ट पार्टीको प्रस्तापक र संस्थापक रहनुका साथै उहाँकाे मार्गदर्शक सिद्धान्तका मुख्य कुराहरूलाई खुलस्त पार्नुहुदै सचिव ज्ञवालीले पुष्पलाल श्रमजीवीप्रतिकाे आस्था र संघर्षशील व्यक्तित्व रहेको विचारलाई उहाँले प्रकाश पार्नु भएकाे थियोे ।

विश्व प्रेस काउन्सिलका महासचिव किशोर श्रेष्ठले पुरस्कृत हुने व्यक्तित्व काेइरालाकाे जीवनी, राजनीति सामाजिक आन्दोलन र पत्रकारिता क्षेत्रमा रहेको याेगदानकाे चर्चा गर्नुहुदै पुष्पलालका समकालीन काेइराला ८६ वर्ष अघि माेरङ्गमा जन्मिनुभएका उहाँकाे पिता मातृकाप्रसाद काेइराला राणा शासनकाे अन्त्य पछि मुलुककाे प्रधानमन्त्री बन्दा उहाँ परिवारकाे विचार भन्दा अलग विचार राख्दै कम्युनिस्ट नेताकाे रूपमा स्थापित हुनुभयाेआफ्नो पिताले काँग्रेसकाे राजनीति गर्दा उहाँले समाजिक रूपान्तरणका लागि वर्गीयमुक्ति आन्दोलनमा हाेमिनुभयाे र कम्युनिस्ट बन्नुभयो । काेइराला परिवारबाट एक्लै कम्युनिस्ट बन्नुभएकाे उहाँ काेरिया पूर्व राजदुत समेत विश्व प्रेस काउन्सिलका महासचिव एवं वरिष्ठ पत्रकार श्रेष्ठले काेइरालाकाे बारेमा जानकारी दिनुभयो ।

समग्र पत्रकारहरूकाे तर्फबाट नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष रेखीराम रानाले पुष्पलालकाे बारेमा बिचार राख्दै शुभकामना दिनुभयो । विपी स्मृति प्रतिष्ठानका अध्यक्ष डा. टंक पन्थले पुष्पलालकाे बारेमा कविता वाचन गर्दै शुभकामना दिनुभएको थियो ।

पुष्पलाल स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष गाेविन्द भट्टराईकाे अध्यक्षतामा भएको कार्यक्रमकाे स्वागत प्रतिष्ठानकाे सदस्य सुशीला श्रेष्ठले गर्नुभएकाे थियोे भने प्रतिष्ठान सदस्य सन्तोष खनालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *