पूर्वखाेला गाउँपालिका देविनगर स्वास्थ्य चौकीले गर्याे वार्षिक समीक्षा

पाल्पा, पूर्वखाेला गाउँपालिकाकाे देविनगर स्वास्थ्य चौकीले आफ्नो वार्षिक कार्य प्रगति समीक्षा गरेको छ ।देवीनगर स्वास्थ्य चाैकीले गत आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य चौकीबाट कार्यसम्पादन गरिएको सेवा बारेमा समीक्षा गरेको हो ।

वार्षिक कार्य समीक्षा कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख शान्ता बम्रेलले आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य चाैकीबाट गरेका कामकाे प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदन सहित प्रभावकारी सेवा प्रवाहका लागि सुधार गर्नुपर्ने पक्षका विषयमा जानकारी गराउनुभएकाे थियो ।

कार्यक्रममा सहभागीहरुले आ-आफ्नो धारणा राख्दै स्वास्थ्य चौकिमा नागरिक सहायता पुस्तिकाको व्यवस्था गर्नुपर्ने,स्वास्थ्य परीक्षण गरेर मात्र औषधि दिनुपर्ने, अनावश्यक रुपमा मागेको भरमा औषधि दिन नहुने जस्ता महत्त्वपूर्ण सुझाव राख्नुभएकाे थियाे ।

देवीनगर स्वास्थ्य चाैकीकाे वार्षिक कार्य समीक्षा कार्यक्रममा पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले कार्यक्रममा बाेल्नुहुदै गाउँपालिकाको पहिलो काम शिक्षा र स्वास्थ्यकाे सेवा लाई प्रभावकारी बनाउनु रहेको बताउनुभयो । उहाँले सोही अनुसार स्वास्थ्य चौकीमा सुरक्षित प्रसुति सेवा , प्रयोगशाला सेवा, क्षयरोग मधुमेह, उच्च रत्तचाप लगायतका औषधिहरु सहज रुपमा उपलब्ध गराउर्दै आएको जानकारी दिनुभयो । अध्यक्ष थापाले स्वास्थ्य चौकीमा आवश्यक औजारहरु व्यवस्थापन गर्ने , स्वास्थ्यकर्मीहरूलाई थप व्यवस्थापन गरेर वडावासीलाई स्वास्थ्यमा सहज पहुँच वृद्धि गर्ने काम गरिएको समेत बताउनुभयो । सोही अवसरमा अध्यक्ष थापाले सुत्केरी हुँदा बच्चा आमा र अन्य स्वासप्रस्वासका समस्या हुने बताउँदै अध्यक्ष थापाले बिरामीहरुलाई आवश्यक बिजुलीबाट संचालन हुने अक्सिजन कन्सन्टेटर हस्तान्तरण समेत गर्नुभएकाे थियोे ।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोहन ढकालले स्वास्थ्य चौकीबाट सेवा प्रदान गर्नका लागि आवश्यक औषधि, औजारहरुहरुको समस्या नहुने बताउनुभयो । उहाँले सेवा चुस्त दुरुस्त रुपमा सेवाग्राहीलाई उपलब्ध गराउन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । स्वास्थ्य शाखा प्रमुख ढकालले आवश्यक समन्वय र सहयोगका लागि गाउँपालिका सधै तयार रहेको जानकारी गराउनुभयो । वार्षिक समीक्षा कार्यक्रम वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष मेहर सिं थापाको अध्यक्षतामा चलेको वडा सदस्य भुवन सिंजालीले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *