पूर्व विद्यार्थी नेपालद्वारा सरस्वती माविमा पचास हजारकाे अक्षयकोष स्थापना

पाल्पा, तानसेन नगरपालिका-७ प्रभास, सुन्दरगाउँमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयमा पूर्ण विद्यार्थी एवं पूर्व शिक्षक बाबुलाल नेपालले रू.५०५५५/- अक्षयकोष स्थापना गर्नुभएकाे छ।तानसेन नगरपालिका-७, कुन्सरे निवासी नेपालले आफ्नो मातास्वर्गीय नारायणी नेपालकाे स्मृतिमाअक्षरूपी पचास हजार पाँच सय पच्पन्न रूपैयाँकाे अक्षयकोष स्थापना गर्नुभएको हाे।सरस्वती माध्यमिक विद्यालयका पूर्व विद्यार्थी एवं शिक्षक रहनुभएका नेपाल निजामती सेवाबाट निवृत्त भइ सामाजिक कार्यमासक्रिय रहनुभएकाे छ।उहाँले आफ्नो ममतामयी माताकाे स्मृतिमा अक्षयकोष स्थापना गर्दै आर्थिक हिसाबले कमजोर पठनपाठनमा अत्यन्तै मेहनती रआत्मविश्वास भएका गरिव तथा जेहेन्दार विद्यार्थीहरूका लागि सहयोग पुग्ने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक शंकरप्रसाद पाैडेलले यस किसिमकाे अक्षयकोष स्थापनाबाट विद्यालयकाे समग्र शैक्षिक विकास तथा शैक्षिक उन्नयन र गुणस्तरलाई माथि उठाउन सहयोग पुग्ने भन्दै उहाँले नेपालद्वारा स्थापित अक्षयकोषले विद्यार्थीलाई प्राेत्साहन हुने बताउँदै भन्नुभयो स्थापित अक्षयकोषकाे ब्याज प्राप्त भएको रकमबाट वार्षिक रुपमा अतिविपन्न गरिब तथा जेहेन्दार उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने बताउँदै प्रधानाध्यापक पाैडेलले अक्षयकोष दाता बाबुलाल नेपाल र उहाँको परिवारलाई हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *