प्रदेशले देखिने गरी काम गर्न नसक्दा प्रश्न उठ्यो : प्रदेश प्रमुख शेरचन

रूपन्देही संवाददाता, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरेचनले प्रदेशबाट देखिने गरी काम गर्न नसक्दा प्रश्न उठ्ने गरेको बताउँनुभएकाे छ । उहाँले संबिधान दिवसको अवसरमा आयाेजना   गरिएको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा बोल्नुहुँदै प्रदेश प्रमुख शेरचनले प्रदेश सरकारबाट जनचाहाना अनुसारको कार्यसम्पादन गर्न नसक्दा यतिबेला प्रदेश माथि प्रश्न उठ्ने गरेको   बताउँनुभयाे ।

प्रदेशले जनचाहानाअनुसारको कार्यसम्पादन गर्न नसक्नु नै प्रदेश सरकार माथि जनताकाे प्रश्न उठ्नु स्वभावतः जायज रहेको बताउँदै उहाँले अब प्रश्न  नउठ्ने गरि प्रदेशले काम गर्नुपर्ने भएकाले देखिने गरी काम गर्न मुख्यमन्त्रीलाई आग्रह गर्नुभयाे । साथै उहाँले अन्य प्रदेशले भन्दा लुम्बिनी प्रदेशले  राम्रो काम गरेर अरू प्रदेशले अनुसरण गर्ने गरी काम गर्न सक्नुपर्ने बताउँनुभयाे ।

संविधान दिवसको अवसरमा आयाेजित शुभकामना तथा जलपान कार्यक्रममा बाेल्दै प्रदेश प्रमुख शेरचनले लामो संङघर्ष पछि निर्माण भएको यो संविधान मौलिक प्रकृतिको भएको बताउँदै सबैले संविधान अनुसार काम गरे देशको विकास छिट्टै उनले दाबी समेत गर्नुभयो ।प्रदेश प्रमुखबाट आयोजना गरिएकाे शुभकामना आदानप्रदान एवं जलपान कार्यक्रममा मुख्यमन्त्री डिल्लीप्रसाद चौधरी,सभामुख तुलाराम घर्ति, प्रमुख प्रतिपक्ष दलका नेता लिला गिरी, मन्त्रीहरु, प्रदेशसभा सदस्य तथा स्थानीयतहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *