प्रदेश अधिवेशनका लागि एमाले पाल्पाको प्रतिनिधि छनोट

पाल्पा, नेकपा(एमाले) पाल्पाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका लागि प्रतिनिधि छनोट कार्य सम्पन्न गरेको जनाएको छ । पार्टीको यहीँ २०८० भदौ १६ र १७ गतेका दिन बुटवलमा हुने प्रथम प्रदेश अधिवेशनलाई पाल्पाबाट जिल्लाकाे दश स्थानीयतहमा एकैसाथ प्रतिनिधि छनाेटकाे काम सम्पन्न गरिएकाे नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले जानकारी दिनुभयो ।

ताेकिएको मापदण्ड अनुसार जिल्लाबाट ८३ जना प्रतिनिधिलाई छनोट गरिएको छ । सहमतिमा छनोट हुनुभएका प्रतिनिधिमध्ये २२ जना महिला, ११ जना दलित, युवा र खुला गरी ५० जना रहनुभएकाे अध्यक्ष घिमिरेले बताउनुभयो । अधिवेशन नजिकिँदै गर्दा पार्टीको नेतृत्वका आकांक्षीहरुले पनि आ-आफ्नो पक्षमा लबिङ गर्न थाल्नु भएको छ ।

त्यस्तै हालका अध्यक्ष राधाकृष्ण कँडेलनै फेरि पनि अध्यक्ष हुने निश्चितप्राय नै देखिन्छ । यद्यपि अध्यक्ष कँडेलले चुनौतीपूर्ण परिस्थितिमा पार्टी प्रदेश कमिटीको नेतृत्वमा रहेर काम गरेको र अहिलेसम्म पनि अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्पन गरेको कारण पनि प्रथम अधिवेशनले आफूलाई अध्यक्षको जिम्मेवारी प्रदान गर्नेमा उहाँले विश्वास लिएको बताउनुभयो ।छनाेट हुनुभएका प्रितिनिधिहरूमा रामपुरबाट प्रदेश अध्यक्ष कंडेल सहित राजु प्रसाद श्रेष्ठ, टंकनाथ खनाल, बुद्धिराज गौतम , मित्रलाल गौतम, मित्रलाल कंडेल, दुर्गा देवी राना, राधिका भन्डारी, मित्रा ढकाल, जान्हवी अधिकारी, देवबहादुर दर्जी, मदन आचार्य रहनुभएकाे छ ।

यस्तै तानसेन नगरपालिकाबाट सबैभन्दा बढी १५ जना प्रतिनिधिमा गोपाल पौडेल, रामप्रसाद पोखरेल, कृष्णराज अधिकारी, ठाकुर लोहागुन, दामोदरप्रसाद घिमिरे, त्रिरत्नलाल शाक्य, शोभाखर भट्टराई , नारायणी शर्मा, कासिका गैरे, शशी श्रेष्ठ, उमा अर्याल, दीपक विश्वकर्मा, गुराँस आत्रेय, मुक्ति कालिराज र इन्द्रा गहतराज प्रतिनिधिमा छनोट भएको पार्टीका सचिव रामजी पोखरेलले जानकारी दिनुभएकाे हाे ।

पूर्वखोलाबाट नारायण प्रसाद आचार्य, इश्वरी प्रसाद न्यौपाने, खेम बहादुर सारु, नुन बहादुर थापा,चन्द्र बर्मेली, भागिरथी भट्टराई, भगवती राना छनोट हुनुभएको छ । निस्दी गाउँपालिका बाट मुक्तबहादुर सारु, देविलाल लामिछाने, दमन सिंह थापा पाटा, नरबहादुर सुनारी, प्रदीप ज्ञवाली, तिरन कुमारी श्रेष्ठ, मिम्श्री बयम्बु र यमबहादुर सार्की छनोट हुनुभएको जिल्ला पार्टी कार्यालय सचिव दीपक विश्वकर्माले बताउनुभएकाे छ ।

यस्तै रम्भा गाउँपालिकाबाट उर्मिलादेवी शर्मा, योगेन्द्र कुमार गैरे, विष्णुप्रसाद भण्डारी, विजय रानाभाट, कृष्ण प्रसाद रेग्मी, माथागढी गाउँपालिकाबाट विमल काफ्ले, विष्णु आचार्य, सन्तोष भट्टराई, यमबहादुर चिदी, विष्णु लुङ्चे, विष्णु जिसी, तेजबहादुर घर्ती मगर, केशमाया सुनार छनोट हुनुभएको छ ।

बगनासकाली गाउँपालिकाबाट ध्रुवराज अधिकारी, हरि प्रसाद पाठक, सरस्वती चिदी, टीका बहादुर थापा, निरेन्द्र थापा, नुमा पाण्डे, खुमादेवी भट्टराई, हेमा सार्की प्रतिनिधिमा छनोट भएको जानकारी सचिव विश्वकर्माले गराउनुभएकाे छ ।रैनादेवी छ्हरा गाउँपालिकाबाट डा. रामबहादुर राउत, रामजी पोखरेल, रामप्रसाद ज्ञवाली, मिना जि.सी, मिरा मरासिनी, नारायणी गहतराज, मानबहादुर थामी, झविन्द्र रायमाझी छनोट हुनुभएको छ ।

यस्तैगरी रिब्दीकोट गाउँपालिकाबाट गिता पान्डे, लक्ष्मी खनाल, अर्जुन विश्वकर्मा, नारायण बहादुर जिसी, माधव आचार्य, कृष्णबहादुर थापा, तुलबहादुर अधिकारी, चिरञ्जीवी पोखरेल रहनु भएको छ । तिनाउ गाउँपालिकाबाट सबैभन्दा कम ४ जना प्रतिनिधिमा दलबहादुर गुरुङ, प्रेम श्रेष्ठ, गोमा भण्डारी र प्रेम विश्वकर्मा प्रतिनिधिमा छनोट हुनुभएको एमाले पाल्पाले जनाएको छ ।

विभिन्न स्थानीय तहको प्रतिनिधि छनोट कार्यक्रमा पुग्नुभएका एमाले पोलिटब्यूरो सदस्य तथा सांसद ठाकुरप्रसाद गैरेले प्रदेश पार्टीलाई वैधानिक ढंगबाट संचालन गर्न अधिवेशन आवश्यक रहेको बताउनुहुदै उहाँले अधिवेशनसंगै पार्टी थप चलायमान हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *