प्रदेश स्थापना दिवसको अवसरमा सिर्जनशील पत्रकारिता पुरस्कारबाट पत्रकार अर्याल पुरस्कृत

पाल्पा, कान्तिपुर दैनिकका उप सम्पादक माधव अर्याल लुम्बिनी प्रदेशकाे गृह मन्त्रालय अन्तर्गत सिर्जनशील पत्रकारिता पुरस्कारबाट प्रदेश स्थापना दिवसको अवसरमा पत्रकारिता कर्म प्रतिकाे उच्च मूल्यांकन सहित प्रदेश सरकारबाट सम्मानित हुनु भएको छ।

पाल्पामा रहेर विगत लामो समयदेखि पाल्पामा रही पत्रकारिता गर्दै आउँनुभएका अर्याल सक्रिय पत्रकारकाे रूपमा परिचित रही यसअघि विभिन्न विद्याबाट सम्मानित एवं पुरस्कृत भइसक्नु भएको हाे । उहाँको यस पुरस्कृत सम्मानले पाल्पाका पत्रकारहरू र पत्रकारिता क्षेत्रकाे उच्च मूल्यांकन सहित सम्मान भएको महशुस गरेका हुन् । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशको राप्ती उपत्यका देउखुरीमा प्रदेश प्रशासनिक परिसर भवनमा आयोजित मूल समारोह कार्यक्रममा अर्याललाई प्रदेश प्रमुख अमिक शेरचनले पुरस्कृत गर्नुभएको हो । उक्त समारोहमा सभामुख तुलाराम घर्तीमगर, मुख्य मन्त्री डिल्लीबहादुर चौधरीलगायतको उपस्थिति रहेको थियो ।

लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयको संचारकर्मी सम्मान तथा पुरस्कार वितरण सम्बन्धी कार्यविधि, २०८०“ बमोजिम वितरण गरिने यस वर्षको अग्रज पत्रकारिता पुरस्कार र सिर्जनशील पत्रकारिता पुरस्कार वितरणका लागि मन्त्रालयले माघ १८ गते मन्त्रीस्तरीय निर्णयानुसार पाल्पाका अर्याल सहित १२ जना लुम्बिनी प्रदेशका पत्रकारलाई श्रृसजनशील पत्रकारिता पुरस्काबाट पुरस्कृत गर्ने निर्णय सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *