प्रधान न्यायाधीश श्रेष्ठकाे भैरवनाथ मन्दिर दर्शन

पाल्पा, सर्वाेच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भर श्रेष्ठले रिब्दीकोट गाउँपालिकाकाे भैरवस्थानमा रहेको पवित्र धार्मिक स्थल भैरवनाथ मन्दिरकाे दर्शन तथा अवलोकन गर्नुभएको छ।पाल्पाकाे भैरवनाथ मन्दिर दर्शन तथा भ्रमणमा आउनुभएका प्रधान न्यायाधीश श्रेष्ठलाई मन्दिर व्यवस्थापन समिति अध्यक्ष गाेविन्दबहादुर पाेखरेलले मन्दिर समितिबाट प्रकाशित भएको ऐतिहासिक पुस्तक “पाल्पाका भैरवनाथ” प्रदान गर्दै भैरवनाथ मन्दिरको बारेमा जानकारी गराउँनुभएकाे थियोे ।

पाल्पाको भैरवनाथ दर्शनका लागि पुग्नुभएका प्रधान न्यायाधीश श्रेष्ठलाई पण्डितबाट दियो कलश स्थापना गरि भैरव स्ताेत्र पाठ दीप पुजन सहित विशेष पुजापाठ गरि मन्दिरको पुजारीले टिका प्रसादले दर्शन गराउनुभएकाे हाे । भैरवनाथ मन्दिर दर्शन तथा भ्रमणका लागि पाल्पा रिब्दीकाेट आउनुभएका सर्वाेच्च अदालतका प्रधान न्यायाधीश श्रेष्ठलाई गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्की,उपाध्यक्ष कान्ता अधिकारी, वडा अध्यक्ष साेम बहादुर कार्की, ओमप्रसाद पाेखरेल सहित जनप्रतिनिधिहरूकाे उपस्थितिमा भैरवनाथ मन्दिर व्यवस्थापन समितिबाट मायाको चिनो प्रदान गरि स्वागत एवं सम्मान गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *