प्रमुख प्रशासकीय अधिकृत पण्डितलाई स्वागत

पाल्पा, पाल्पाको रामपुर नगरपालिका नगरप्रमुख एवं जनप्रतिनिधि सहित कर्मचारीहरूले नुवाकोट वेलकाेटगढीबाट सरूवा भइ रामपुर नगरपालिका आउनुभएका नयाँ प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितलाई रामपुर नगरपालिकामा भब्य  स्वागत गरिएको छ ।

नुवाकोटकाे वेलकाेटगढीबाट सरूवा भई पाल्पाको  रामपुर नगरपालिका आउनुभएका प्रमुख  प्रशासकीय अधिकृत पण्डितलाई नगरपालिकाले परिचयात्मक कार्यक्रमको आयोजना गरेर स्वागत   गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृतकाे परिचयात्मक एवं  स्वागत कार्यक्रममा नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा,नगर उपप्रमुख बालकुमारी थापा सहित जनप्रतिनिधि एवं नगरपालिकामा कार्यरत कर्मचारीहरूको उपस्थितिमा नुवाकोट  वेलकाेटगढीबाट आउनुभएका पण्डितलाई स्वागत  गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *