प्राकृतिक स्रोत तथा बित्त आयोगको मुल्यांकनमा रिब्दीकोट पाल्पा : प्रथम

नवराज ज्ञवाली पाल्पा, रिब्दिकाेट गाउँपालिका स्थानीयतहको कार्यसम्पादन मुल्यांकनमा पाल्पा प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयाेगले गरेको स्थानीयतहहरूकाे कार्यसम्पादन मुल्यांकनमा रिब्दिकाेट गाउँपालिकाले पेस गरेको प्रतिवेदनमा सबै सुचककाे प्राप्त मुल्यांकन नम्बर अनुसारको आर्थिक वर्ष २०७९/०८०मा पाल्पा जिल्लाका दस स्थानीयतहरू मध्येबाट जिल्लाकाे रिब्दिकोट गाउँपालिका प्राकृतिक स्रोत तथा वित्त आयाेगकाे बार्षिक कार्यसम्पादन मुल्यांकनमा ६५.०९ अंक प्राप्त गरि जिल्ला प्रथम हुन सफल भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले १७ वटा सूचकलाई आधार बनाएर स्थानीयतहरूको कार्यसम्पादन मुल्यांकन गरेको हो । आयोगले समयमा बजेट प्रस्तुत गर्ने ,बेरुजु असूल गर्ने, योजना तर्जुमा गर्ने, बजेट र राजश्वको अनुमान गर्ने, विद्यार्थी भर्ना बढाउने र टिकाउने, पूर्ण रुपमा खोप पुऱ्याउने, गर्भवतीको गुणस्तर बढाउने, बालबालिकाहरूलाई स्वास्थ्य संस्थामा सुत्करी गराएर आमा र बच्चालाई नियमित स्वास्थ्य चेकजाँच गराउने स्वस्थ्य बच्चाको जीवन सुरक्षित बनाउने,समयमा राजश्व आय व्ययको अनुमान नगर्ने, बजेट पेश गरि पारित नगर्ने, कार्यकाे समीक्षा नगर्ने,कार्यसम्पादनमा हुने कमजोरीहरुलाई सुधार नगर्ने बेरुजु असूलीमा मतलब नगर्ने,संघीय सरकारबाट प्राप्त हुने बजेटलाई पहुँचका आधारमा मनाेमानी ढंगबाट वितरण गर्ने , आवश्यकताका आधारमा नभई पहुँचमा गर्ने,शिक्षा,स्वास्थ्यको प्रभावकारी प्रबन्ध नगर्ने जस्ता बिषयहरुमा केन्द्रीत सुचक तयार गरि गरिएको कार्यसम्पादन मुल्यांकनमा रिब्दिकाेट गाउँपालिका यी सबै सुचकमा उत्कृष्ट अंक ल्याएर पाल्पा जिल्ला प्रथम हुनमा सफल भएको भन्दै उहाँले यसका निम्ति आ-आफ्नो जिम्मेवारी सहित कार्य सम्पादनमा लाग्नुहुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत,विषयगत शाखा प्रमुख,कर्मचारी,जनप्रतिनिधिहरूकाे सहयोगले याे उपलब्धि हासिल गर्न सफल भएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउँनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *