प्राङ्गारिक मल कारखाना निर्माणकाे शिलान्यास गर्नुहुदै अध्यक्ष कार्की

नवराज ज्ञवाली पाल्पा, रिब्दिकोट गाउँपालिकाकाे कुसुमखाेला, नयाँटोलामा गाउँपालिकाकै पहिलो उद्योगकाे रूपमा प्राङ्गारिक मल उद्योग निमार्णका लागि एक कार्यक्रमका बीच शिलान्यास भएको छ । रिब्दिकाेट गाउँपालिकाकाे पहिलो उद्योगकाे रूपमा प्राङ्गरिक मल कारखानाको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले विधिवत रुपमा पुजापाठ गरि कारखाना स्थल शिलन्यास गर्नु भएको हाे । जलेश्वर बहुृउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा रिब्दिकाेट गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाकै पहिलो उद्योगकाे रूपमा मल कारखानाको पुर्वाधार निर्माणको काम सुरु भएको छ ।

गाउँपालिकामा कृषि उत्पादन बढाउनलाई बिशेश कार्यक्रम सहित बाझा रहेका जमिनहरुलाई हराभरा एवं उत्पादनशील बनाउन र स्वदेशमै रोजगारी सिर्जना गर्न स्वथ्य र निरोगी हुन जरुरी रहेकोले प्राङ्गरिक मलबाट कृषिक्षेत्रकाे खेती हुनुपर्ने र त्यसका लागि स्वदेशमै उत्पादित मलको प्रयाेगले मात्र देशलाई आर्थिक रुपमा बलियो बनाउन सकिने भएकोले फलतः रिब्दिकाेट गाउँपालिकाले अभियानका साथ सक्रियता देखाउदै गाउँपालिकाकै आर्थिक सहयोगमा याे मल कारखाना सञ्चालन गर्न लागिएको अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिनु भयाे। उहाँले ‘म बनाउछु मेरो रिब्दीकोट’ अभियान अन्तर्गत रही गाउँपालिका भित्र मल कारखाना बनाउने तिब्र इच्छा थियो, जुन अहिले सुरुवात भएको छ,यसै आर्थिक वर्षको असार मसान्तमा सञ्चालनमा ल्याउने गरि निर्माणकार्य अघि बढेको छ भन्नुभयो ।असार, साउन बाटै मल विक्रि गर्ने लक्ष्य सहित निर्माणकाे काम अघि बढाएकोले साेही अनुसार मल कारखाना सञ्चालन हुने उहाँले कुराकानीमा बताउनुभयो । सुरुकाे उत्पादनलाई बजारमा पठाउँदा पैंतालीस लाख खर्च हुने भएता पनि गाउँपालिकाबाट पहिलो चरणमा पन्ध्र लाख रूपैयाँ विनियोजन गरेको भन्दै बाँकी नपुग रकमकाे व्यवस्थापन जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गर्ने गाउँपालिका अध्यक्ष कार्कीले बताउँनुभयाे ।

प्राङ्गरिक मल उद्योग स्थल शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले अहिले रासायनिक तथा जैविक कुनै पनि मल किसानले भनेको समय नपाउँदा प्रयाप्त मात्रामा उत्पादन नभएको अवस्थामा स्थानीय सरकारकाे सक्रियतामा अर्गानिक मल उत्पादन हुनु खुशीकाे कुरा भएको भन्दै त्यसका लागि गाउँपालिकाले प्राङ्गरिक मल कारखाना उद्योगलाई यस ठाउँमा सञ्चालन गर्न लागेको बताउँनुभयाे । उहाँले अहिले किसानले व्यवसायिक कृषि गर्न खोजे पनि मलकै अभावमा ठुलो नाेक्सानी ब्यहाेर्नु परेको बताउँदै उपाध्यक्ष अधिकारीले उक्त समस्या समाधान गर्न मल कारखानाकाे निर्माण काम भईरहेको अवस्थामा छ उहाँले भन्नुभयो । मल कारखाना सञ्चालनले ठूलो राहत मिल्ने समेत उपाध्यक्ष अधिकारीले बताउँनुभयाे ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले रिब्दीकोटको पहिचान नै कृषि भएकोले कृषिमा उत्पादन बढाउन प्राङ्गरिक मल आवश्यक रहने भन्दै उहाँले स्वथ्य र गुणस्तर कृषि उत्पादनमा जाेड दिनलाई नै गाउँपालिकाले गत वर्षदेखि बजेट विनियोजन गरेको भएपनि यस वर्ष मात्रै उक्त बजेट कार्यान्वयनमा आएको बताउँनुभयाे । उहाँले रिब्दिकाेट गाउँपालिकाकाे पहिलो उद्योगमा स्थापित मल कारखानाले यसक्षेत्रकाे राेजगारीमा उल्लेखनीय भूमिका निर्वाह गर्ने बताउँदै उहाँले रिब्दिकाेटकाे कृषि उत्पादनमा समेत बृद्धि हुनेमा गाउँपालिकाले विश्वास लिएको प्रमुख प्रशासकीय अधिकृत खनालले बताउँनुभयाे। याे मल कारखाना सञ्चालन भएपछि स्थानीयले रोजगारी पाउने समेत प्रमुख प्रशासकीय अधिकृत खनालले शिलान्यास कार्यक्रममा भन्नुभयो ।

शिलान्यास कार्यक्रममा पत्रकार यज्ञमुर्ति तिमिल्सीनाले जिल्लामै पहिलो पटक मल कारखाना सञ्चालन हुन लागेकाले रिब्दिकाेटका किसानलाई मात्र नभएर यसले जिल्लाभरका किसानहरुलाई समेत फाईदा पुग्ने बताउँनुभयाे। प्राङ्गारिक मल कारखानाका विज्ञ यमबहादुर दर्लामीले हाम्रा खेतबारीमा अर्गानिक उत्पादन बढाउन र मानिसलाई स्वस्थ्य एवं निरोगी बनाउन, कृषि उत्पादन बढाउन, मरेको माटोलाई जगाउन,पाल्पामा पहिलो पटक प्राङ्गारिक मल कारखानालाई सञ्चालन गर्न लागिएको उहाँले बताउँनुभयाे ।

शिलान्यासमा बाेल्दै विज्ञ दर्लामीले भन्नुभयो केन्द्र सरकारले अरर्वौं रूपैयाँ खर्चेर रासायनिक मल खरिद गर्छ तर पनि किसानहरूले चाहेकाे परिमाणमा आवश्यकता अनुसारको मल पाउँदैनन् मल समयमै उपलब्ध नभएपछि साेँचेजस्तो उत्पादन हुदैन र पनि सरकारले नै पैसा तिरेर रोग निम्ताई रहेको छ । रासायनिक मलकै उत्पादित बस्तुकाे प्रयाेगले स्वास्थ्यक्षेत्रमा औषधी उपचारमा अरवाैँ खचिर्नु पर्ने बाध्यता रहेकोले उक्त रकम कम गर्न यस्ता प्राङ्गारिक मलकाे उत्पादन र कारखानाले सहयोग पुग्ने विज्ञ दर्लामीले बताउनुभयो । उहाँले मल कालखानाबाट बार्षिक रुपमा दुई सय पचास टन भन्दा बढी जैविक मल उत्पादन गर्ने विशेष याेजना सहित विक्रि गर्ने लक्ष्य सहकारीको रहेको समेत जानकारी गराउँनुभयाे ।

प्राङ्गरिक मल कारखानाको शिलन्यास कार्यक्रम सहकारीका अध्यक्ष नरायणबहादुर लामटाङ्गेको अध्यक्षता र संस्थाका सचिव कृष्णबहादुर कुवँरको सञ्चालनमा शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *