प्राध्यापक सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न

पाल्पा , त्रिभुवन बहुमुखी क्याम्पस नेपाल प्रगतिशील प्राध्यापक संगठन एकाइ समिति पाल्पाकाे आयाेजनामा विद्यावारिधिकाे उपाधि प्राप्त गर्नुभएका क्याम्पस पाल्पाका चार जना प्राध्यापक सम्मानित हुनुभएको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा कार्यरत रही विद्यावारिधि उपाधि प्राप्त गर्नुहुने डा. पीतबहादुर नेपाली, डा. रामनाथ न्याैपाने, डा. नीलम नेपाल, डा. टंकप्रसाद पन्थलाई एक कार्यक्रमकाे आयोजना गरि सम्मान गरिएको हाे ।

त्यसैगरी प्राध्यापक सम्मान कार्यक्रममा दाङबाट सरूवा भई त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा आउनुभएका उप-प्राध्यापक ताेयनाथ बेलवासेलाई क्याम्पसमा स्वागत गरिएकाे छ ।प्राध्यापक सम्मान कार्यक्रममा प्रमुख अतिथि पाल्पा क्षेत्र नं. २ का संघीय सांसद ठाकुरप्रसाद गैरे एवं विशिष्ट अतिथि पाल्पा क्षेत्र नं. १ का संघीय सांसद नारायणप्रसाद आचार्य रहनुभएकाे थियोे । त्यस्तै अतिथिका रूपमा नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे तथा सचिव रामजी पाेखरेल रहनुभएकाे थियोे । प्राध्यापक सम्मान कार्यक्रमकाे अवसरमा विद्यावारिधि उपाधि प्राप्त प्राध्यापकहरूलाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि,अतिथिहरूद्वारा पाल्पाली ढाका टाेपी, खादा तथा सम्मानपत्रद्वारा सम्मान गरिएको हाे ।

सम्मानित प्राध्यापकहरूका तर्फबाट डा. पीतबहादुर नेपालीले विद्यावारिधि गर्दाको अनुभूति व्यक्त गर्नुहुदै अनुसन्धान गर्दाको सकस तथा सुखद अनुभूतिहरू कार्यक्रममा प्रस्तुत गर्दै उहाँले कार्यक्रमकाे आयोजना गरेर सम्मान गर्ने नेपाल प्रगतिशील प्राध्यापक संगठन इकाई समिति पाल्पालाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै नेपाल प्रगतिशील प्राध्यापक संगठन अनुशासन विभागका सचिव दामोदर घिमिरेले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

नेकपा एमाले जिल्ला पार्टी सचिव रामजी पाेखरेलले सम्मानित हुनुहुने प्राध्यापकहरूलाई बधाई दिनुहुदै उहाँले प्राध्यापककाे ज्ञानले सिङ्गो समाजलाई याेगदान पुग्ने कुरामा विश्वास लिएको विचार व्यक्त गर्नुभयो । त्यस्तै प्राध्यापक सम्मान कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष एवं संगठनका पूर्व अध्यक्ष धनेन्द्रराज घिमिरेले आफू क्याम्पसमा रहँदाकाे अवस्थालाई स्मरण गरी चार जना प्राध्यापक सरहरूलाई सम्मान गर्न पाउँदा गाैरव लागेको विचार व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि एवं पाल्पाक्षेत्र नं.१ का संघीय सांसद नारायणप्रसाद आचार्यले पाल्पाको शैक्षिक अवस्था र सम्भावनाकाे विषयमा केन्द्रीत भई विचार राख्नुहुदै उहाँले क्याम्पसमा प्रभावशाली रहेका विषय प्रति आकर्षण घट्दै जानुमा चिन्ताको विषय रहेको कुरालाई उल्लेख आफ्नो धारणा राख्नुभएको थियोे ।कार्यक्रमका प्रमुख अतिथि पाल्पा क्षेत्र नं.२ का संघीय सांसद ठाकुरप्रसाद गैरेले प्राध्यापनक्षेत्रबाट सरहरूले सशक्त भूमिका खेल्नु आवश्यक छ भन्ने विचार व्यक्त गर्नुहुदै उहाँले आफूसँगका समकालीन साथीहरूले विद्यावारिधिकाे उपाधि प्राप्त गरेकोमा थप खुसी लागेको धारणा उहाँले राख्नुभयाे । नेपाली समाजको रूपान्तरणमा यहाँहरूकाे भूमिका रहाेस् भन्ने शुभेच्छा व्यक्त गर्नुहुदै संघीय सांसद गैरेले यतिबेला दलगत भागवन्डाकाे राष्ट्रिय संस्कृतिले गर्दा विश्वविद्यालयकाे समग्रपक्ष स्खलित हुनपुगेकाे यथार्थ विचार व्यक्त गर्दै उहाँले हरेकक्षेत्रमा देखिएका भयावह परिस्थितिबाट गाँजिएकाे समस्याले जन्माएको निराशाहरूलाई सकारात्मक धारबाट यहाँहरूकाे कलम चल्नुपर्ने आवश्यक छ भन्ने विचार राख्नुभएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथिकाे शुभकामना मन्तब्य दिनुहुदै उहाँले त्रिभुवन बहुमुखी क्याम्पस हामी सबै पाल्पालीहरूकाे गहना भएकाले यसकाे विकासमा सबै क्षेत्रबाट लाग्नुपर्छ भन्ने विचार सहितआफ्ना धारणा व्यक्त गर्नुभयो । नेपाल प्रगतिशील प्राध्यापक संगठन क्याम्पस एकाइ समिति पाल्पा अध्यक्ष तिलकराम सापकोटाकाे अध्यक्षतामा भएको कार्यक्रममा संगठनका उपाध्यक्ष हुमप्रसाद श्रेष्ठको स्वागत एवं संगठनका सहसचिव चतुर्भुज नेपालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *