प्रेस चाैतारी नेपालमा आवद्ध आठ क्रियाशील  पत्रकार पुरस्कृत

पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखामा आवद्ध  रहि पाल्पामा क्रियाशील रहनुभएका आठजना पत्रकारहरुलाई एक कार्यक्रमका बीच प्रेस चाैतारी नेपालले पुरस्कृत गरेको छ ।कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रिय सचिव तथा प्रदेश इन्चार्ज प्रदिप आचार्य, प्रेस चाैतारी नेपाल  पाल्पा शाखाबाट विविध विधामा स्थापना गरिएको अक्षयकोषकाे प्राप्त ब्याज रकमलाई पाल्पा शाखा  अध्यक्ष कृष्ण कार्की र प्रेस चाैतारी नेपाल केन्द्रीय अध्यक्ष एवं प्रमुख अतिथि गणेश बस्नेतले नगद , सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

प्रेस चाैतारी नेपाल पाल्पा शाखामा आवद्ध रहनु भएका क्रियाशील आठ जना पत्रकारहरूलाई एक कार्यक्रमका बीच पुरस्कृत गरेको हाे ।प्रेस चाैतारी नेपाल पाल्पाबाट पुरस्कृत हुनेहरुमा भद्रबहादुर स्मृति कृषि पत्रकारिता पुरस्कारबाट अन्नपूर्णपोष्टमा कार्यरत कृष्ण पोखरेल, सितादेवी स्मृती पर्यटन पत्रकारिता पुरस्कारबाट मेचिकाली दैनिकका पाल्पा संवाददाता नेत्र गैरे र सामुदायिक रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझी, गिता स्मृती पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो मदनपोखराकी रिमा सोमै, रेडियो पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो मदनपोखरामा कार्यरत विजयकुमार वौडेल, शेष कुमारी लोकप्रसाद स्मृति शिक्षा पत्रकारिता पुरस्कारबाट पृथ्वी टेलिभिजन रामपुरममा कार्यरत कृष्ण पौडेल, पुतली रुप नारायण स्मृति  पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो रामपुरबाट बन्दना पोखरेल, तुलसा तुलबहादुर स्मृती सामाजिक विकास पत्रकारिता पुरस्कारबाट हरि बहादुर वि.क सुवास पुरस्कृत हुनुभएको हाे ।

यस्तैगरी प्रेस चौतारी नेपाल पाल्पाका संस्थापक हरुलाई प्रेस चाैतारीले सम्मान गरेको छ । सम्मानित हुनुहुने संस्थापकहरू केशवराज नेपाल, भगवान भण्डारी, कमलराज तिमिल्सेना, श्रीधर खनाल , कृष्ण घिमिरे र गिता ज्ञवालीलाई प्रेस चाैतारीले सम्मान-पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेकाे थियोे । प्रेस चौतारी नेपाल पाल्पा शाखा वि.सं.२०५७ मा केशवराज नेपालको नेतृत्वमा स्थापना भएको हाे।

सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महासंघमा पत्रकारितामा कर्म गर्ने  भन्दा अन्य बाहिरीक्षेत्रका व्यक्तिहरुले संगठन ओघटेका कारणले यहि पत्रकारीतालाई कर्म बनाई पत्रकारीता गर्ने पत्रकारहरूकाे संख्या अल्पमतमा रहेकोले पनि पेशालाई मर्यादित बनाउन महासंघले सुद्धिकरण गर्नुपर्ने भन्दै त्यसका लागि प्रेस चौतारी नेपालले एक सुत्रिय आवाज उठाई कार्यान्वयनको चरणमा गएको बताउँनुभयाे ।नेपाल पत्रकार महासंघ केन्द्रले बनाएको मापदण्ड भन्दा बाहिर गई  महासंघ जिल्ला शाखाबाट सदस्यता सिफारिस भएमा केन्द्रले पुन हटाउदै बताउँनुहुदै अध्यक्ष बस्नेतले महासंघकाे सदस्यता  सुद्धिकरण अभियानलाई कडाइ साथ लागु गर्ने र कार्यान्वयन गरिने प्रेस चाैतारी नेपालका केन्द्रीय   अध्यक्ष बस्नेतले बताउँनुभयाे।

पुरस्कार वितरण कार्यक्रममा नेकपा एमाले पाल्पा अध्यक्ष धनेन्द्रराज घिमिरेले प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले पत्रकारीताको मर्म भावना, नैतिक मूल्य मान्यतामा आधारित रहेर सत्य, तथ्य र निष्पक्ष भई काम गर्न सुझाव दिनुभयाे । प्रेस चौतारीका केन्द्रिय सचिव प्रदिप आचार्यले प्रेस चौतारी नेपाल पाल्पा शाखाले गरेको काम देशभरका शाखाले सिको गरेकोले पाल्पा शाखा  देशकै नमुना शाखा भएको बताउँनुभयाे ।

प्रेस चाैतारी नेपाल पाल्पा शाखाकाे पुरस्कार वितरण कार्यक्रममा शुभकामना दिनुहुदै नेपाल पत्रकार महासंघ केन्द्रले पठाएको मापदण्ड अनुसार नै पाल्पामा सदस्यता सुद्धिकरण गरिने पत्रकार महासंघ पाल्पा अध्यक्ष रेखीराम रानाले बताउँनुभयाे। पुरस्कार बितरण कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, प्रेस चौतारी लुम्विनी प्रदेश सहइन्चाज कमलराज तिमिल्सिना , नेपाली काग्रेस कार्यवाहक सभापती झपेन्द्र गहिरे, नेकपा माओवादी केन्द्रका सचिव मथुरा ढकाल, राप्रपा माया बज्राचार्य, राष्ट्रिय जनमोर्चा अध्यक्ष विशाल दर्लामी लगायतले पुरस्कृत तथा सम्मनित व्यक्तिहरु प्रति बधाई  दिनुहुदै पत्रकारीता दलिय आस्था भन्दा माथी उठेर गर्नुपर्नेमा जोड दिनुभएकाे थियाे। कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रियअनुशासन आयोग उपाध्यक्ष भगवान भण्डारी, प्रेस युनियन पाल्पा सभापती मन गहिरे, पाल्पा अस्पताल विकास समिति अध्यक्ष गुँरास आत्रेय, पाल्पा उधोग वाणिज्य संघ सचिव विदुर घिमिरे, प्रेस चौतारी पाल्पा संस्थापक अध्यक्ष केशवराज नेपाल, प्रेश चौतारी तानसेन नगर कमिटी अध्यक्ष गुणवती केसी सहित पुरस्कृत हुनेहरुको तर्फबाट बन्दना पोखरेलले शुभकामना मन्तब्य राख्दै समाजमा परिवर्तन ल्याउने सबैभन्दा प्रभाव कारी माध्यम पत्रकारीता भएकोले स्वच्छ, निष्पक्ष भई दलिय आस्था भन्दा माथि उठेर कर्म गर्न सुझाव दिनुभएकाे थियोे ।

पुरस्कार वितरण तथा संस्थापक सम्मान कार्यक्रमकाे प्रेस चाैतारी नेपाल शाखाअध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा केन्द्रिय सदस्य एवं जिल्ला मिलन विकको स्वागत र पाल्पा शाखा सचिव नारायण न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *