प्रेस चौतारी पाल्पाकाे चाैतारी बुलेटन सार्वजनिक गर्दै मदन भण्डारी जन्मजयन्तीमा जबजकाे चर्चा  

पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखाले चाैतारी बुलिटेन सार्वजनिक गर्दै जननेता मदन भन्डारीको  ७२औँ जन्मजयन्तीको अवसर पारेर जनताको बहुदलीय जनवाद विषयक संवाद कार्यक्रम प्रेसकाे  आयाेजना गर्दै सम्पन्न भएको छ । चाैतारी बुलिटन सार्वजनिक गर्दै जननेता भण्डारीकाे जन्मजयन्तीमा संम्वाद कार्यक्रममा पाल्पाका दसवटै स्थानीयतहरूहकाे गतिविधि र कामको लेख समावेश गर्दै प्रेस चाैतारी नेपालले  प्रकाशन गर्दै आएको चौतारी बुलेटिनलाइ सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एवं नेकपा एमाले पाल्पा अध्यक्ष धनेन्द्रराज घिमिरेले दुरदर्शिता र  जवजका परिकल्पनाकार नेताको रुपमा रहनु भएका जननेता मदन भण्डारीले नेपाली  कम्युनिस्ट आन्दोलनमा पुर्‍याउनु भएको योगदान बारे चर्चा गर्नुहुदै उहाँले जननेता मदन भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङमा भएको जानकारी दिनुभयो । कार्यक्रममा बाेल्दै अध्यक्ष घिमिरेले नेपालकाे कम्युनिस्ट आन्दोलनकाे इतिहासमा जननेता भण्डारीले गरेको याेगदानकाे बिषयमा चर्चा गर्नुहुदै लोकतान्त्रिकरणका लागि भण्डारीले ‘जनताको बहुदलीय जनवाद जबज’ को सिद्धान्त प्रतिपादन गर्नुभएको थियो भन्दै उहाँले जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले पाल्पाअध्यक्ष घिमिरेले भण्डारीले बि.स. २०४८ सालमा नेकपा  एमालेकाे महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले पार्टीको सिद्धान्तलाई मार्गचित्रको रुपमा लागू गर्दै आएको बताउनुभयो ।

भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो । कार्यक्रममा  समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल , प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सह इन्चार्ज कमलराज तिमिल्सिना लगायतले आ-आफ्नो बिचार राख्नु हुदै जननेता भण्डारीले युवा अवस्थामा नै देश  र  जनताप्रति दिनुभएको योगदानको चर्चा जति गरे  पनि कमै हुने बताउनुभएको थियो ।

जननेता भण्डारीकाे जन्मजयन्तीको अवसरमा  नेकपा एमालेका नेता कार्यकर्ता र पत्रकारहरूकाे उपस्थित रहेको कार्यक्रममा प्रेस चाैतारी नेपाल पाल्पाअध्यक्ष कृष्ण कार्कीकाे अध्यक्षता र सचिव नारायण न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *