फेक स्वास्थ्य चाैकीकाे नवनिर्मित भवन उद्घाटन

पाल्पा , रिब्दीकोट गाउँपालिकाको आयोजनामा फेक स्वास्थ्य चौकीकाे नवनिर्मित भवन उदघाटन भएको छ।

रिब्दिकाेट गाउँपालिका वडा नं. ८ काे फेकस्थित फेक स्वास्थ्य चाैकीकाे एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशसभाका सभामुख माननीय तुलाराम घर्तीमगर ” बसन्त ” काे प्रमुख आतिथ्यता र प्रतिनिधि सभाका सदस्य माननीय ठाकुरप्रसाद गैरेकाे विशिष्ट आतिथ्यता एवं लुम्बिनी प्रदेश पाल्पा क्षेत्र नं. २(क) का प्रदेश सभा सदस्य माननीय वीरबहादुर राना , सविधानसभा सदस्य श्री लिला साेमै, जिल्ला समन्वय समिति पाल्पा प्रमुख श्री टंकनाथ खनाल, राष्ट्रिय पुनः निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीकाे आतिथ्यता रिब्दिकाेट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीकाे अध्यक्षतामा भएको एक कार्यक्रमका बीच भवन उद्घाटन गरिएको हाे।

स्वास्थ्य चाैकीकाे नवनिर्मित भवन सरोकारवाला पक्षहरुको उपस्थितिमा सभ्य, भब्य एवं शान्त वातावरणमा कार्यक्रमका साथ सम्पन्न भएको छ। भवन उद्घाटन कार्यक्रमको गाउँपालिका वडा नं. ८का वडा अध्यक्ष चुराबहादुर छहरीकाे स्वागत र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री मदन अर्यालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *