बगनासकालीमा पहिलो सिभिल प्रयोगशाला स्थापना

पाल्पा, बगनासकाली गाउँपालिकाले पहिलो सिभिल प्रयोगशाला सञ्चालनमा ल्याएको छ । बगनासकालीकाे चापपानीस्थित चिलाङ्दी भञ्ज्याङमा स्थापना गरिएको प्रयोगशालाको  बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले उद्घाटन गर्नुभएकाे हाे ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष चिदीले गाउँपालिकामा सञ्चालनमा रहेका विकास निर्माणका योजनाहरूको प्रयोगशाला चेकजाँच  सेवाका लागि बुटवल जानुपर्ने अवस्था र ल्याव  रिपोर्ट आउन हुने ढिलाई तथा जान आउनका लागि हुने अतिरिक्त खर्च संगै समयको बचत हुने भन्दै अध्यक्ष चिदीले जिल्लामै पहिलोपटक यही प्रयोगशालाबाट सस्तो राजश्वमा तत्काल रिपोर्ट पाइने बताउनुभयो । अध्यक्ष चिदीले गाउँपालिका भित्रका भौतिक निर्माण, संरचनालाई गुणस्तरीय, पारदर्शी बनाउन पनि प्रयोगशालाकाे सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । कार्यक्रममा बाेल्दै अध्यक्ष चिदीले गाउँपालिकाकाे यो प्रयोगशालाबाट बगनासकाली लगायत जिल्ला का सबै पालिका र कार्यालयहरुले सेवा लिन सक्ने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले पारदर्शी  र प्रभावकारी ढंगले प्रयोगशालालाई सञ्चालन गर्दै  विकास निर्माणका योजनाहरुको कामलाई गुणस्तरीय बनाउन याे प्रयोगशाला स्थापनाले सघाउने बताउँदै उपाध्यक्ष पाठकले पालिकाको आन्तरिक राजश्वमा वृद्धि हुने विश्वास समेत  राखिएको उहाँले बताउनुभयो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले सरकारी,गैरसरकारी तथा नीति भौतिक संरचनालाई समेत गुणस्तरीय बनाउनका लागि याे प्रयोगशाला सहयोगी हुने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा सचिव यज्ञमूर्ति तिमिल्सिनाले गाउँपालिकाबाट हुने  प्रयोगशाला चेकजाँचबाट विभिन्न सरकारी विकास योजनाहरुकाअतिरिक्त मानिसहरुले बनाउँदै गरेका नीतिगत संरचनाहरुको गुणस्तरीयता मापन गर्न र  सेवा लिन सक्ने गरि पनि  वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो ।

बगनासकाली गाउँपालिकाका इन्जिनियर प्रमोद कुँवरले गाउँपालिकाले स्थापना गरेको प्रयोगशाला लाई पुल्चोक इन्जिनियरिङ कलेजबाट मान्यता प्राप्त गरेर मात्र प्रयोगशाला संचालनमा ल्याइएको बताउनुभयो । उहाँले विभिन्न पन्ध्र प्रकारका सिभिल कामहरूको प्रयोगशालामा चेकजाँच गर्न सकिने बताउनुभयो ।

उद्घाटन कार्यक्रम वडा नं. ९ का अध्यक्ष ठानेश्वर तिमिल्सिनाको अध्यक्षतामा चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *