बगनासकालीले खानेपानी परीक्षणलाई गर्‍याे प्रयोगशाला स्थापना

पाल्पा, बगनासकाली गाउँपालिकाले जनताको घरघरमा शुद्ध पानी पुर्‍याउन पानी परीक्षणका लागि प्रयोगशालाको व्यवस्था गर्दै पानी चेकजाँच  प्रयोगशालाकाे स्थापना गरेको छ । बगनासकाली गाउँपालिकाले गाउँपालिकाभित्र बसाेवास गर्ने आम नागरिकको स्वच्छ एवं सफा खानेपानी उपभोग गर्न पाउने हक अधिकारकाे सुनिश्चिततालाई ध्यानमा राखेर प्रयाेगशाला ल्याव स्थापना गरि वितरण हुदै आएको पानीको शुद्धता  प्रयोगलाई पिउन याेग्य छ छैन भनि चेकजाँच गर्न र स्थानीयले प्रयोग गर्दै आइरहेका मुहानहरूको पानी परीक्षण गर्नलाई प्रयोगशाला ल्याव स्थापना गरिएको हो  ।

वगनासकाली गाउँपालिका भित्रका टाेलमा रहेका विभिन्न मूल,मुहानमा रहेका पानीलाई पिउन योग्य छ कि छैन भनी प्रयोगशालामा परीक्षण गर्ने गरि ल्याव स्थापना गरिएको भन्दै गाउँपालिकाले पानी  पिउन याेग्य नभएमा  याेग्य बनाउनलाई विविध विधिबाट पिउन याेग्य गर्नुपर्ने अवस्थामा पानीकाे शुद्धीकरण गरी शुद्ध पानीकाे उपभोग गराउन सकिने गरि बगनासकाली गाउँपालिका लागेको गाउँपालिकाअध्यक्ष सरस्वती चिदीले बताउँनुहुँदै   उहाँले उक्त कार्यका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागको प्राविधिक एवं आर्थिक सहयोगमा पानीको चेकजाँच गर्न प्रयोगशाला स्थापना गरिएको जानकारी गराउँनुभयाे । उहाँले भन्नुभयो यस अघि गाउँपालिकाका प्रयोगशाला नहुँदा पिउने पानीको स्वच्छता मापन गर्नका लागि  बाहिर पठाउनुपर्ने बाध्यता थियो। अब पालिकामा प्रयोगशालाकाे स्थापनाले पालिकाभित्रै पानीको शुद्धताका मापन गर्नलाई लागि सहज हुने भएको छ उहाँले कुराकानीमा बताउँनुभयाे।याे गाउँपालिकाभित्रकाे पहिलो पानी परीक्षण गर्ने प्रयोगशाला समेत रहेको उहाँले दावी गर्नुभयो ।

गाउँपालिकामा पानीका मुहान र मूल पर्याप्त रहेता पनि सबै खानका लागि योग्य नहुने हुँदा परीक्षण गर्ने विधि भएपछि पानी शुद्ध छ या छैन सबै जानकारी लिन सजिलो हुने स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले भन्नुभयो। उहाँले यहाँ रहेका मूल,मुहानका पानी नियमित रुपमा परीक्षण गरेर उपभोग गरिने भन्दै  स्वास्थ्य शाखा प्रमुख खनालले पानीकाे परीक्षण नियमित नहुँदा सफा,शुद्ध,स्वच्छ छ या छैन भन्दा पनि दैनिक आवश्यकता परिपूर्तिका लागि मात्र  पानीकाे उपभोग गर्न स्थानीय जनता बाध्य रहेको  बताउँदै उहाँले पानीका कारण विभिन्न रोग लाग्ने  हुँदा सबैभन्दा पहिला खानेपानी उपभोगमा आम नागरिकहरूले ध्यान दिनुपर्ने उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *