बगनासकालीले जेठभित्रै सबै योजनाहरुकाे फरफारक गर्ने

पाल्पा, बगनासकाली गाउँपालिकाले असारभित्र सम्पन्न गर्ने विकास निर्माणकाे कामलाई जेठ पन्ध्र भित्रै सबै योजनाहरु फरफारक गर्दै असारे याेजनालाई जेठमा नै सम्पन्न गरेको छ। गाउँपालिकामा विकासका सबै योजना जेठ भित्रै फरफारक भएका छन्। बगनासकाली गाउँपालिकाबाट तर्जुमा गरिएको आन्तरिक,प्रदेश तथा संघीय सरकारका साझेदारी योजनाको काम बैशाख पन्ध्र सम्म सम्पन्न गरि जेठ पन्ध्रमा सबै योजनाकाे प्राप्त भएकाे सबै रकमलाई भुक्तानी दिएको हो।

गाउँपालिकाले योजनाका कामहरु सकिएको जानकारी गराउँदै जनप्रतिनिधी,कर्मचारीहरु आगामी आर्थिक वर्षको वार्षिक बजेट नीति तथा कार्यक्रम र योजना निर्माणका लागि जुटेकाे गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउँनुभयाे। गाउँपालिका विषयगत शाखा कर्मचारीहरु वार्षिक प्रतिवेदन निर्माणमा जुट्नुभएको छ उहाँले भन्नुभयो । बगनासकाली गाउँपालिकाले नौ वटै वडाहरुमा एक वडा एक प्राविधिक परिचालन गर्दै वडावडामै पुगेर योजनाहरु सम्झौता, वडाकै प्राविधिकहरुबाट योजनाहरुको अनुगमन मूल्याङकन जस्ता कामहरुले गर्दा गाउँपालिकाले बैशाखभित्रै विनियोजन भएका सबै योजनाहरुको काम सम्पन्न गर्न सफल भएकाे अध्यक्ष चिदीले बताउँनुभयाे ।

सम्पन्न भएका योजनाहरुको सबै लागत विवरण वडा कार्यालयमा तयार गरि सम्पन्न भएको काम याेजनाकाे भूक्तानीलाई गाउँपालिकामा पेश गर्ने व्यवस्था भएको र साेही अनुसार वातावरण मिलाएकोले उपभोक्ताहरुकाे सम्पन्न कामकाे भुक्तानीमा सहज भएको गाउँपालिकाले जनाएको छ।गाउँपालिकाले चालु आर्थिक वर्षमा उपभोक्तासँग चार सय बढी योजनाहरूकाे ठेक्का पट्टा सम्झौता साेह्र वटा योजना सञ्चालन गरेको जनाएको छ। उपभोक्तासँग सम्झौता भएको योजना चैत्र मसान्तभित्र सक्ने गरी गरिएको सम्झौता सर्तमा ठेक्का लागेको योजनाकाे काम बैशाख पन्ध्र भित्र सक्ने गरी सम्झौता भएकोले सोही अनुसारनै निर्धारित सम्झौता मितिमा सबै काम सकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले बताउँनुभयाे। ‘अहिले हामीलाई कुनै योजनाहरू समयमा सम्पन्न भएन भनेर चिन्ता छैन,योजनाका कामहरू सम्पन्न भएका छन्। उहाँले भन्नुभयो।,विकास निर्माणकाे कामलाई दिर्घकालीन अघि बनाउन असारे विकासका कामहरू सबै पक्षबाट रोकिनु पर्छ’ याे कार्य गरेको खण्डमा दिगोपन हुने प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताउँनुभयाे ।

जनप्रतिनिधि र कर्मचारीको तालमेलसँगै समयवाधि तोकेर काम गर्दा गाउँपालिकाले जेठ पन्ध्रमा अधिकांश योजनाहरू निर्माण सम्पन्न गरि रकम भुक्तानी गर्ने पालिकाहरूमा देशभरीमा नमुना गाउँपालिका बनेको गाउँपालिका अध्यक्ष सरसस्वती चिदीले बताउँनुभयाे । गाउँपालिकाकाे असारे विकास रोकिएको छ, बर्षे भेलसँगै भएका विकास निर्माणकाे कामलाई बगाउने क्रम तोड्न सफल भएका छौँ, गाउँपालिकाको सुशासन तथा लिजा जस्ता महत्त्वपूर्ण मुल्यांकन पद्धतिमा पाल्पामै उत्कृष्ट भएको अध्यक्ष चिदीले बताउँनुभयाे ।

गाउँपालिकाले वडा वडाबाट पालिकाकाे केन्द्रसम्म जोड्ने मुख्य सडक,वडा कार्यालयहरू पुग्ने सडक, स्वास्थ्य चौकी, विद्यालय पुग्ने मुख्य सडकहरुलाई कालोपत्रे र ग्रावेल गर्ने, सडकलाई फराकिलो बनाउने, सडकको घुम्तीका मोडहरुमा ढलान गर्ने जस्ता कामलाई प्राथमिकता दिएर काम गरेको गाउँपालिका उपाध्यक्ष हरीप्रसाद पाठकले बताउँनुभयाे । पालिकाभित्र सञ्चालन भएका सबै योजनाहरुको सबै भुक्तानी उपभोक्ताहरुको खाता खातामा पुगिसकेको छ, प्रदेश र संघबाट आउने रकम समयमा नआएकोले केही सम्पन्न योजनाको रकम मात्र उपभोक्तालाई दिन बाँकी रहेको गाउँपालिका लेखा शाखा प्रमुख कोशलप्रसाद पौडेलले बताउँनुभयाे । लेखा शाखा प्रमुख पाैडेलले गाउँपालिकाको केन्द्र संगै वडा नं.१,वडा नं २,वडा नं ३ वडा नं ७, र वडा नं ९ गरी ५वटा वडासम्म पक्की सडक पुगेको छ भने वडा नं ४,वडा नं ५, वडा नं६ र वडा नं ८ काे केन्द्रसम्म जाने सडकको स्तर उन्नती गरि १२ महिना सहज यातायात सञ्चालन हुँदै आएको बताउनुभयो।

बगनासकाली गाउँपालिकाको सेवा प्रवाहलाई चुस्तदुस्त बनाउन र सुशासन कायम राख्न कार्य सम्पादनमा कमजोरी देखिए त्यस कमीकमजोरीलाई सुधार गर्नुपर्ने सुझावहरू भए गाउँपालिकामा भेटेर वा सामाजिक सञ्जाल मार्फत गाउँपालिकाको वेभसाईट पेजमा राख्न समेत गाउँपालिकाले अनुरोध गर्दै आएको समेत उपाध्यक्ष पाठकले बताउँनुभयाे। बगनासकाली गाउँपालिकाले देशभरीमा चालु आर्थिक वर्षमा योजनाका कामहरु बैशाखभित्रै सक्काउने र जेठ १५ सम्म भुक्तानी गर्ने ७५३ पालिकाहरूमध्ये बाट आफू पहिलोमा पर्ने दावी समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *