बगनासकाली गाउँपालिकाकाे नयाँ प्रशासकीय भवन लिफ्ट सुविधा सहित चिलाङ्गदीमा

नवराज ज्ञवाली पाल्पा, बगनासकाली गाउँपालिकाकाे नयाँ प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको छ । बगनासकालीकाे वडा नं. १ चिर्तुङधारा चिलाङ्दीमा निर्माण गरिएको गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माणकाे काम सम्पन्न भएको छ ।

निर्माण कार्य सम्पन्न भए संगै सबै पक्रिया पूरा गरी छिटै नै नयाँ भवनबाट गाउँपालिकाकाे प्रशासनिक कामहरूलाई सुरू गर्ने गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले बताउँनुभयो । उहाँले गाउँपालिकाकाे प्रशासनिक काम हाल चिर्तुङ्गधारा वडा नं.१ काे वडा कार्यालय रहेको भवनबाट गाउँपालिकाकाे काम हरू हुँदै आएकोमा अवकाे दिनमा गाउँपालिकाकाे प्रशासनिक कामलाई नयाँ भवन चिलाङ्गदीमा सार्ने याेजना रहेको अध्यक्ष चिदीले बताउँनुभएकाे हाे ।उहाँले हाल प्रशासनिक कार्यालय रहेको स्थानबाट पालिकाका सबै वडाका जनताहरुलाई पायक नपर्ने भएकाले यसअघि गाउँ कार्यपालिका बैठककाे निर्णय अनुसारकाे गाउँपालिकाको केन्द्र सबै वडाहरुलाई पायक पर्ने गरी चिलाङ्दीमा तय गरिएकोले सोही अनुसारको भवन निर्माण गरिएको पनि अध्यक्ष चिदीले बताउँनुभयो ।

हाल गाउँपालिकाकाे केन्द्र रहेको स्थानबाट केही वडा बाहेक चापपानी,यम्घा,बराङ्दी,खानीगाउँ र दर्लमडाँडाका लागि अपायक थियो । नवनिर्मित भवन रहेको स्थानका लागि गाउँपालिकाकाे सबै वडाको पायक पर्ने स्थान भएकोले केन्द्र तय भएसंगै भवन निर्माण गरिएको बताउँदै सेवाप्रवाहमा पनि सहज गाउँपालिकाले जनाएको छ । २०७८ फागुन महिना ८ गते ठेकेदार कम्पनी न्यू ड्रयागन आर आर जे.बीसँग ६ करोड ४७ लाख ८४ हजार उनानब्बे रुपैंयाँमा भवन निर्माणका लागि सम्झौता गरी काम भएको निर्माण व्यवसायी राजेन्द्र केसीले बताउनुभयो ।

कुल लागत मध्ये ६० प्रतिशत संघीय सरकारको समानीकरण अनुदान रहेको छ भने ४० प्रतिशत गाउँपालिकाले व्यहोर्ने गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउँनुभयो । नयाँ प्रशासनिक भवन लिफ्ट सहितको भूकम्प प्रतिरोधी भवन निर्माण भएपछि गाउँपालिकाको कामकाज र सेवाग्राहीकाे कार्य सम्पादनमा निकै सहजता हुने विश्वास गर्दै अझ गुणस्तरीय सेवा प्रदान गर्नमा मद्दत पुग्ने उपाध्यक्ष पाठकले बताउँनुभयो ।

गाउँपालिकाकाे नयाँ प्रशासनिक भवन भैरव मन्दिर सामुदायिक बनको गौचरनको जग्गा २५ वर्ष लिजमा प्रयोग गर्न लिइएको हो । गाउँपालिकाले भोगचलन गर्ने १३ रोपनी ३ आना जग्गामध्ये ११आना जग्गाभित्र ४०१वर्गफिटमा चिलाङ्गदीमा निर्माण केन्द्र प्रशासनिक नयाँ भवन ४ तला सहित लिफ्ट सुविधाको रहेको इन्जिनियर प्रमाेद कुँवरले बताउनुभयो ।

बगनासकाली गाउँपालिका प्रवक्ता टिकाबहादुर थापाले सबै वडाहरुका लागि पायक पर्ने गरी निर्माण गरिएको यो भवनबाट थप प्रभावकारी रुपमा जनताको काम र सेवा प्रवाह गर्न सजिलो हुने बिश्वास लिएको बताउँनुभयाे । नयाँ प्रशासनिक भवनलाई डिजाइन गर्दा अपाङ्गतामैत्री बनाइएकोले सबैका लागि भवनको उपभाेगमा सहज हुने प्रवक्ता थापाले भन्नुभयो ।उहाँले माथिल्लो तलामा जान र आउनका लागि लिफ्टको समेत ब्यवस्था गरिएको समेत जानकारी गराउँनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *