बगनासकाली गाउँपालिकाले गर्याे सूचना केन्द्रकाे स्थापना

नवराज ज्ञवाली पाल्पा, बगनासकाली गाउँपालिकाले सूचना तथा अभिलेख केन्द्रको शुभारम्भ गरेको छ । अभिलेख केन्द्रको उद्घाटन गर्दै बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले गाउँपालिकाभित्रका हरेक सूचनाहरुलाई एकद्धार प्रणालीबाट प्रवाह गर्ने गरि सूचना केन्द्र स्थापना गरि सञ्चालनमा ल्याएको बताउनुभयो । गाउँपालिकाका विषयगत शाखाहरुको प्रगति विवरण तथा सम्पुर्ण सूचनामूलक अभिलेखहरु कोठामा मात्र सिमित नराखी जनताको हातहातमा पुर्‍याउन याे सुरु गरिएको उहाँले उद्घाटन कार्यक्रममा बताउनुभयो ।

बगनासकाली गाउँपालिकाकाे सूचना तथा अभिलेख केन्द्रबाट गाउँपालिकाका सुचना तथा तथ्यांकहरुलाई केन्द्र मार्फत प्रवाह गर्न सूचना तथा अभिलेख केन्द्रकाे स्थापना भएको जानकारी दिदै अध्यक्ष चिदीले चिलाङ्गदीमा बन्दै गरेको गाउँपालिकाकाे प्रमुख प्रशासनिक भवनकाे निर्माणाधिन अवस्थामा बारेमा बताउँदै गाउँपालिकाको भवन निर्माण सम्पन्न भएपश्चात सोही भवनमा कार्यालय सरेपछि केन्द्रलाई थप ब्यवस्थित बनाउँदै लगिने र त्यसका लागि सबै क्षेत्रको साथ र सहयोग रहने समेत आफुले विश्वास लिएको अध्यक्ष चिदीको भनाई थियो ।गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाले बनाएका ऐन, कार्य बिधि लगायतका महत्वपूर्ण प्रकाशनहरु सहित गाउँपालिकासँग सम्बन्धित सम्पुर्ण सूचनाहरु यही सूचना तथा अभिलेख केन्द्रमा सुरक्षित रहने बताउनुभयाे । उहाँले बगनासकाली गाउँपालिकाको वर्तमान र इतिहाससंग जाेडिएका विषयबस्तु उपलब्धीहरुलाई जोगाइ राख्न पनि केन्द्रले सहयोग पुर्‍याउने बताउनुहुदै उहाँले गाउँपालिकासंग नागरिकले सूचना माग गर्दा वा गाउँपालिकाका लागि विभिन्न सूचना अभिलेखहरु आवश्यक पर्दा यो केन्द्र सहयोगी बन्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले गाउँपालिकाबाट भएगरेका कामकाे पारदर्शीढङ्गले अभिलेख राख्न यो केन्द्रले थप सहयोग पुर्‍याउने बताउनुभयाे ।

नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले गाउँपालिकाले गर्दै आएका राम्रा कामहरू र प्रगति विवरणहरु लाई अभिलेखीकरणमा याे सूचना केन्द्र अब्बल बन्नुपर्नेमा जोड दिदै उहाँले गाउँपालिकाकाे काममा नागरिकको विश्वास बढ्दै जाने बताउनुभयो ।

कार्यक्रममा बगनासकाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल, वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु, कर्मचारीहरु र संचारक्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको सूचना तथा अभिलेख केन्द्र उद्घाटन कार्यक्रमको अध्यक्ष सरस्वती चिदीकाे अध्यक्षता, प्रवक्ता टिका थापाकाे स्वागत र गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनाराम खनालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *