बल्डेङगढी बेलबासमा अस्थायी प्रहरी पोष्ट स्थापना हुने निश्चित

पाल्पा, रैनादेवी छहरा गाउँपालिका-७ बल्डेङगढी, बेलबासमा अस्थायी प्रहरीपोष्ट स्थापना हुने भएको छ । स्थानीय सरकारको लामो कसरत पछि सो क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापना हुने निश्चित भएको हाे । रैनादेवी छहरा गाउँपालिकाअध्यक्ष रुक्मागंत भटराईले अस्थायी प्रहरी चौकी स्थापना भएपछि शान्ति सुरक्षा कायम गर्न सहज हुने बताउँदै ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलापमा कमी आउने ,दुर्घटना न्युनिकरणमा कमी हुने विश्वास गरेको भटराईले अध्यक्षले बताउनुभयो ।

रैनादेवी छहराको दुईवटा वडाहरु सत्यवती र बल्डेङगढीलाई मध्ये नजर गरेर अपराधिक तथा अप्रिय घटना नियन्त्रण गर्न र उक्त वडाका नागरिकको शान्ति सुरक्षा कायम गर्नलाई अब बन्ने अस्थाई प्रहरी पोष्टले सजिलो हुने गाउँपालिकाका प्रबक्ता तथा बल्डेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनले जानकारी दिनुभयो ।

सम्भावित अपराधिक घटना न्युनिकरण गर्न तथा गाउँघरहरुमा हुने चोरीडकैती, लुटपाट, लागुऔषध दुव्र्यसनी, बालवालिका र महिला माथि हुने हिंसा, झै—झगडा र मादक पदार्थ सेवन जस्ता क्रियाकलापहरुलाई पूर्ण रुपले नियन्त्रण गर्न यो प्रहरी पोष्टले महत्पुर्ण भुमिका निर्वाह गर्ने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *