बाँदरले अन्नबाली नष्टगर्न थालेपछि वैकल्पिक खेतीकाे रूपमा अकबरे खुर्सानी लगाउँदै भैरवस्थानका किसान

पाल्पा, रिब्दिकोट गाउँपालिका- ४, भैरवस्थानका किसानहरु यतिबेला अकबरे खुर्सानीकाे व्यवसायिक खेतीमा व्यस्त छन् । अकबरे खुर्सानीकाे व्यवसायिक खेती सुरु गरेका भैरवस्थानका ६५ जना किसानहरु यतिबेला खुर्सानी खेतीबाट राम्रो आम्दानी हुन लागेपछि किसानहरु निकै खुसी देखिएका छन्। रिब्दिकोट गाउँपालिकाको मोल्चिङ मा ५०% अनुदान र किसानहरुकाे ५०% गरि अनुदानमा अकबरे खुर्सानी खेती गर्दै आएका एक किसानले १ रोपनीमा १००० बिरुवा लगएका हुन् । रिब्दिकाेट गाउँपालिकाले किसानहरूलाई अकबरे खुर्सानीको व्यवसायीक खेतीगर्न प्राेत्साहन गर्दै आएको छ।

बजारमाअकबरे खुर्सानीकाे राम्रो मूल्य भएको हुँदा यसकाे सहज बिक्री हुने र खुर्सानीलाई बाँदरले पनि नखानी भएकाले अकबरे खुर्सानी खेतीमा लागेको रिब्दिकाेट-४,भैरवस्थानका किसानहरू बिष्णुबहादुर कार्की, ईशा गाैतम, तेजकुमार श्रेष्ठ ,देवबहादुर थापा, लक्ष्मी कार्कीले बताउनुभएको हाे। रिब्दिकाेट गाउँपालिका कृषि प्रविधिक सबिता थापाले अकबरे खुर्सानीकाे राम्रो बजार व्यवस्थापन गर्न सके काेही पनि विदेश जान नपर्ने बताउँदै आफ्नै देशमा स्वराेजगार बन्नलाई पनि याेखेती उपयुक्त रहेको र एउटा बोटबाट करिब २ देखि ३ केजी सम्म उत्पादन लिन सकिने र खुर्सानीलाई बाँदरले पनि नखाने हुँदा अन्य खेतीमा बाँदर आतङ्कले किसानलाई हैरानी बनाउँदा भैरवस्थानका किसानले वैकल्पिक खेतीको रुपमा अकबरे खुर्सानीलाई थालेकाे कृषि प्राविधिक थापाले बताउनुभयो । उहाँले कुराकानीमा भन्नुभयो अन्नबालीलाई बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसानहरू वैकल्पिक खेतीका रूपमा अकबरे खुर्सानीतर्फ आकर्षक बढेको र खुर्सानी खेतीबाट राम्रो आम्दानी लिन सफल भएको बताउँदै अकबरे खुर्सानी लगाउन पानी नजम्ने चिम्ट्याईलाे दोमट माटो यस खेतीका लागि राम्रो र उत्तम हुन्छ , अकबरे खुर्सानीलाई बलौटे माटोमा पनि खेती गर्न सकिन्छ तर गोबर मल प्रशस्त राख्नु चाहिन्छ उहाँले भन्नुभयो ।

याे खेतीका लागि माटोको पी.एच. ५.५. देखि ६.५ को हुनु पर्छ, सुहाउँदो हावापानी भएकाले पाल्पामा खेती राम्रो हुने गरेकाे छ । अकवरे खुर्सानीको फाइदाहरु धेरै छन् जस्तै खाना पचाउने काममा विशेष सहयोग पुर्‍याएको हुन्छ। माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ। नियमित रूपमा यो खुर्सानी सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ। कोल्ड फ्लुबाट बचाउन पनि धेरै हद सम्म मद्दत पुर्‍याउँछ। हाड जोर्नीमा हुने दुखाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ। कार्डियो भास्कुलर र हार्टको समस्या हुनबाट जोगाउनमा पनि अकबरे निकै फाइदा जनक सावित छ। डाइबिटिज हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ। शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत पुर्‍याउँछ। रगतमा चिनीको मात्रा घटाउन मद्दत पुर्‍याउँछ र सुगर रोगबाट बचाउन मद्दत गर्छ। ग्याँस्ट्रिक तथा अल्सर रोग निदान हुन मद्दत गर्छ। पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग पुर्‍याउँछ। अकबरे हालेर पकाएको खाना किटाणु रहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ। थकाइपन घटाएर शरीर चङ्गा बनाउन विशेष भूमिका खेलेको हुन्छ तसर्थ अल्छी लागेका बेला अकबरे खुर्सानी र नुन पिनेर कुनै पनि चिजसँग खान सकिन्छ। यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ जसका कारण पेट सम्बन्धी मात्र होइन, अन्य रोगीलाई समेत फाइदा पुर्‍याउँछ। एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्द गर्छ, यस्तो बहुगुणी अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी लिन सकिने कृषि प्राविधिक थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *