बाँसटारी ट्रायल सेन्टरकाे निर्माण कार्य सम्पन्न

पाल्पा, तानसेन नगरपालिकाकाे बाँसटारीमा दुई पाङ्ग्रे सवाारी साधनको लाइसेन्सका लागि ट्रायल सेन्टर तयार भएको छ । पहाडी भेग सातका जिल्ला सहित यस क्षेत्रका नागरिकहरूलाई मुख्य प्राथमिकता राखेर साना सवारीसाधनको लाइसेन्स दिने गरी ‘ट्रायल सेन्टर’ काे निर्माण गरिएको हो । गत वर्ष २०७८ चैतदेखि निर्माण सुरु भएको ट्रायर सेन्टरको काम छ महिना ढिला गरी सम्पन्न भएको हो । गत २०७९ कात्तिक मसान्तभित्र काम सक्ने गरी अभि कनट्रक्सन रामपुर पाल्पासँग सम्झौता भएपनि ठेकेदारको कारणले छ महिना ढिला गरी ‘ट्रायल सेन्टर’ निर्माणकाे काम सम्पन्न भएको यातायात व्यवस्था कार्यालय तानसेनका प्रमुख केशव सुनारले जानकारी दिनुभयो ।

लुम्विनी प्रदेश सरकारको ३४ लाख ७७ हजार रूपैयाँ लागतमा निर्माण गरिएको ट्रायल सेन्टरकाे  काम सम्पन्न भएको जानकारी दिदै उहाँले निर्माण  सम्पन्न भएको ट्रायल सेन्टरलाई निर्माण ब्यवसायि अभि कनट्रक्सनले कार्यालयलाई हस्तान्तरण गर्न बाँकी रहेको कार्यालय प्रमुख सुनारले बताउनुभयो । ट्रायल सेन्टर निर्माणकाे काम सम्पन्न भए पछि सोही स्थानबाट तत्कालै दुई पाङ्ग्रे सवारी साधन लाइसेन्सका लागि ट्रायल दिने प्रक्रिया सुरु गर्ने गरि     काम अघि बढाउने र हालका लागि दुई पाङ्ग्रे सवारी साधनको लाइसेन्स दिने गरी काम भएको छ । निकट भविष्यमा चार पाङ्ग्रे सवारीसाधनको लाइसेन्स पनि यहाँबाटै वितरण गर्न सकिने गरि कार्यालयबाट त्यसको प्रक्रिया अगाडि बढेको  कार्यालय प्रमुख सुनारले भन्नुभयो ।

१९ रोपनी जग्गा ब्यवस्था गरि यातायात कार्यालय भवन र अन्य संरचना बनाउन जग्गाको व्यवस्था गरिदिए पछि यस स्थानमा ट्रायल सेन्टर बनेको  तानसेन नगरपालिका – ७ का वडाअध्यक्ष प्रदीप खनालले बताउनुभयो । ट्रायल सेन्टर सञ्चालन पछि प्रत्यक्ष रुपमा पहाडी जिल्लाहरू पाल्पा, गुल्मी, स्याङ्जाका केही भेग र अर्घाखाँचीका सेवाग्रहीहरू सहित देशभरका नागरिकहरूले समेत लाइसेन्स लिन सक्ने गरि याेजना अनुसार पाल्पाको बाँसटारी क्षेत्रकाे यस स्थानमा ट्रायल सेन्टर बताइएको वडा अध्यक्ष प्रदिप खनालले बताउँनुभएको छ ।अहिले ट्रायल सेन्टरको भौतिक संरचना तयार भए पछि २०८० बैशाखभित्रै लाइसेन्स वितरणको काम पनि सुरु गरिने योजना अघि बढी रहेको बताउँनुहुदै उहाँले साना तथा ठूला सवारीसाधनको लााइसेन्स लिन भनी ट्रायल दिनकै लागि पहाडी क्षेत्रका नागरिक  दुई तीन दिन लगाएर बुटवल ,काठमाडौँ, नेपालगन्ज लगायतका स्थानमा जानुपर्ने बाध्यता रहेको अवस्थामा अब जिल्लाबाटै सेवा पाउने अवस्था बनेको वडाअध्यक्ष खनालले बताउनु भयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *