“बालबालिकामा लगानी : सुनिश्चित भविष्यकाे थालनी” भन्ने नारा सहित राष्ट्रिय बाल दिवस मनाउँदै

पाल्पा, नेपालले संयुक्त राष्ट्र संघकाे बालअधिकार सम्वन्धि महासंन्धि अनुमाेदन गरेसंगै हरेक वर्षको भाद्र २९ लाई राष्ट्रिय बालदिवसको रूपमा देशभर विभिन्न कार्यक्रम सहित मनाउने गरेको छ। यसवर्ष “बालबालिकामा लगानी : सुनिश्चित भविष्यकाे थालनी “ भन्ने नारा दिएर राष्ट्रिय बाल दिवस देशभर मनाउँदै छ । बालबालिकाकाे राष्ट्रिय पर्वकाे रूपमा रहेको बाल दिवसलाई नेपालकाे संविधानले माैलिक हकको रूपमा सुनिश्चित गरेको छ।

संविधानकाे मार्गदर्शन बमोजिम बालबालिका सम्वन्धि ऐन २०७५ र बालबालिका नियमावली २०७८ पनि जारी भइसकेको अवस्थामा ऐन र नियमावली दुवै कार्यान्वयनकाे चरणमा रहेको छ । बालबालिकाकाे शिक्षा स्वास्थ्य पाेषण संरक्षण सहभागीता जस्ता विषयहरूमा उल्लेखनीय कामहरू भएको छ । बाल अधिकारका सम्वन्धमा व्यवस्था गरिएका संवैधानिक तथाकानुनी प्रावधानहरूकाे प्रभावकारी कार्यान्वयन गर्न राज्यकातीनैतह लगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्थाहरूनागरिक समाज, अभिभावक एवं विद्यालयहरू र सराेकारवालानिकायहरूले मुख्य भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको हुन्छ । हामीले राष्ट्रिय बाल दिवस मनाउँदै गर्दा अझैपनि केही बालबालिकाहरू आफ्नो अधिकारबाट वञ्चित रहेको भेटिएका छन् ।

बालबालिका भविष्यका लागि राष्ट्रका कर्णधार हुन् भन्ने गरिएता पनि उनीहरूकाे उचित संरक्षण समेत हुन सकेको छैन । राष्ट्रिय बाल दिवस मनाउन सुरु गरिएसंगै नेपालमा बेलाबखत हुने शासन पद्धति र शासकीय व्यवस्थाकाे परिवर्तनसंगै क्रमशः राष्ट्रिय बाल दिवस मनाउने मितिमा समेत परिवर्तन गरि भाद्र २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरिन्छ ।

साथै नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यसवर्ष भने दिवसलाई “बालबालिकामा लगानी : सुनिश्चित भविष्यकाे थालनी ” भन्ने नारा दिएर विविध कार्यक्रमका साथ यस वर्षको राष्ट्रिय बाल दिवस देशभर भब्यरूपमा मनाइँदै छ ।

राष्ट्रिय बाल दिवसको पृष्ठभूमि: नेपालमा बालदिवस मनाउन रत्नराज्य लक्ष्मीदेवी शाहले शुरु गरेको इतिहासमा उल्लेख छ । भारत भ्रमण गर्ने क्रममा भारतमा माहात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाएकाे देखेपछि नेपालमा पनि राज्यस्तरबाटै बालबालिकाका लागि बिशेष राष्ट्रिय दिवस मनाउने आशय लिएर फिर्ता आउनुभएको थियोे ।यसै आशयबाट प्रेरित भई वहाँले आफ्नो जन्मदिन भाद्र ४ लाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउन सुरु गरिएको थियोे । रत्नराज्य लक्ष्मीदेवी शाहले आफ्नो जन्मदिनकाे अवसरमा वि.सं. २०२१ सालमा नेपालमा पहिलोपटक राष्ट्रिय बाल दिवस मनाइएको थियो । यसवर्ष पनि ५९ औँ राष्ट्रिय बाल दिवसलाई “बालबालिकामा लगानी : सुनिश्चित भविष्यकाे थालनी ” भन्ने नारा दिएर राष्ट्रिय बाल दिवस मनाईँदै छ ।

यसरी भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा गरेको सक्रियताबाट प्रभावित भएर आफ्नो जन्मदिनकाे अवसर पारेर रत्नराज्य लक्ष्मीदेवी शाहले सुरु गर्नुभएको राष्ट्रिय बाल दिवस र नेपाल बाल संगठन स्थापना र आफ्नै जन्मदिनमा बाल मन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बाल दिवसको घोषणा गरी सोही समयदेखि नियमित रुपमा राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो ।

बाल अधिकार भनेको के हाे?

बाल अधिकार सम्वन्धि महासन्धि सन् १९८९ नाेभेम्बर २० मासंयुक्त राष्ट्र संघको महासभाबाट बालबालिकाकाे अधिकारकानिम्ति पारित राज्य राज्यहरू बीचकाे एक साझा सम्झौता पत्र हाे । बाल अधिकार आर्दश र घाेषणा पत्रमा मात्र सिमित नराखेर यसलाई बाल विकासको व्यवहारिक स्वरूप दिन यस महासंन्धिप्रतिवादन गरिएको हाे । नेपालले १९९० सेप्टेम्बर १४ मा अनुमाेदन गरिसकेको छ । आजको परिवर्तित समय संगसंगैबाल अधिकारलाई देशको मूल कानुन संविधानमै पनि समेटिएको छ।नेपालकाे संविधान -२०७२ अनुसार भाग-३ माैलिक हक र कर्तव्यकाे धारा ३९ मा बालबालिकाकाे हकको बारेमा उल्लेख गरिए अनुसार : प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण जन्म दर्ताकाे हक हुनेछ ।प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट स्वास्थ्य ,शिक्षा पालनपोषण उचित स्याहार सुसार,खेलकुद मनाेरञ्जन तथा सर्वागिण व्यक्तितब विकासको हक हुनेछ ।प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागीताकाे हक हुनेछ । कुनैपनि बालबालिकालाई बालविवाह गैरकानुनी ओसारपसार रअपहरण गर्न वा बन्धक राख्न पाईने छैन ।कुनैपनि बालबालिकालाई सेना प्रहरी वा सशस्त्र समुहमा भर्ना वा प्रयोग गर्न र सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुर्व्यवहार, उपेक्षा वा शारीरिक , मानसिक याैनजन्य वा अन्य कुनै प्रकारको शाेषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन ।शारीरिक ,मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइनेछैन ।बाल अनुकूल न्यायकाे हक हुनेछ ।जाेखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण तथा सुविधा हुनेछ ।उपधारा -१० कानुन विपरीत बालबालिकालाई कलकारखाना ,खानी,अन्य जाेखिमपूर्ण काममा लगाउने बालविवाह गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न सेना प्रहरी सशस्त्र समुहमा भर्ना वा प्रयोग गर्न सांस्कृतिक धार्मिक प्रचलनका नाममा कुनै पनि दुव्र्यवहार उपेक्षा ,शारीरिक मानसिक याैनजन्यवा कुनै प्रकारको शाेषण यातना दिइएको पाइएमा कानुन बमोजिम दण्डनीय सजाय वा क्षतिपूर्ति हुनेछ ।हरेक बर्ष बाल दिवस मनाइदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार भने हुन सकेको छैन । देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको छ । काठमाडौंमा रहेका सडक बालबालिकाको अवस्था पनि उस्तै छ । तर सुबिधा सम्पन्न परिवारका बालबालिकाहरूका लागि प्रत्येक दिन बाल दिवस हुने गरेको भएता पनि गरिबीको रेखामुनी रहेका बालबालिकाहरूका लागि भने न सरकारको तर्फबाट कुनै पहल छ, न कुनै नीतिको निर्माणले ती बालबालिकालाई अवसरदिएको छ। प्रत्येक वर्ष राष्ट्रिय बाल दिवस विभिन्न उद्धेश्य राखेरमनाउने गरेपनि याे गम्भीर साेचनीय विषय बनेको छ। सडकमा रहेका र पहुँच नभएका बालबालिकाकको लागि हरेक वर्ष मनाइने बाल दिवस शव्द र नारमा मात्र सिमित भएको छ । बाल दिवस आफैमा महत्वपूर्ण दिवस भएपनि औपचारिकतामा सिमित छ । नेपालको आधा जनसंख्या बालबालिका रहेकाले पनि बाल दिवसलाई एउटा दिवसको रुपमा मात्र नभएर नयाँ दृष्टिकोण सहित बाल अधिकारको प्रतिबद्धता पूरा गर्नु जरुरी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *