बाह्र वर्षदेखि अलपत्र : बागखाेर चिस्यान केन्द्र

तानसेन, तानसेन नगरपालिकाको बागखाेरस्थित निर्माणाधीन चिस्यान केन्द्र बाह्र वर्ष देखी अलपत्र अवस्थामा रहेको छ । भारतीय राजदूतावासको चार करोड ९९ लाख ९१ हजार नौ सय पाँच रुपैयाँको आर्थिक अनुदानकाे सहयोगमा निर्माण सुरु गरिएको तानसेन,बागखाेर चिस्यान केन्द्र निर्माण सम्पन्न हुन नसकी अलपत्र  परेको छ। आर्थिक अभावमा निर्माण सम्पन्न गर्न नसकी अलपत्र अवस्थामा रहेको चिस्यान केन्द्र सञ्चालनमा आउन नसक्दा जिल्लामा फलफूल, तरकारी उत्पादन गर्दै आएका किसानहरू मर्कामा परेकाे टंकनाथ ढकाल, ध्रुव भण्डारी , दधिराम भण्डारी र नारायण पाैडेल लगायत किसानहरूले कुराकानीमा बताउनुभएको हाे।

तानसेन वाघखोरमा निर्माणाधीन रहेको चिस्यान  केन्द्रको काम त पुरा भएन तर आन्सिक रूपमा बनेको संरचना समेत संरक्षणकाेअभावमा भत्किँदै गएको भन्दै तानसेन प्रभासका मुक्ति भुषाल,हरि पाण्डेले गुनासो गर्नुभयो ।

तानसेन नगरपालिका प्रभासका अधिकांस स्थानीयहरूले ठूलो  धनराशि खर्चिएकाे चिस्यान केन्द्र वरपर तारजाली घेराबार नहुँदा चिस्यान केन्द्रकाे संरचनाकाे भवन  लगायतका संरर्चनाकाे अवस्था बिजोग भएको भन्दै गुनासो गर्नुभएको थियोे । चिस्यान केन्द्रकाे भवन बनेपछि बजारमा खपत हुने भन्दा बढी कृषि उत्पादन भएका कृषिजन्य बस्तुहरू तरकारी ,फलफूल, अदुवा, दुग्ध लगायत कृषिमा उत्पादित बस्तु भण्डारण गर्न पाउने विश्वास लिएका स्थानीयबासी किसानहरुकाे आस अहिले  निराशामा परिणत भएको स्थानीय किसानहरूले बताउँदै आएका छन्।

भारतीय राजदुतावासकाेआर्थिक सहयोगमा चिस्यान केन्द्र बन्दै गरेको भए  पनि निर्माण कम्पनीले अलपत्र अवस्थामा पारेको गुनासो गर्दै स्थानीयहरूले व्यवस्थापन गर्नलाई पनि सामान्य घेराबार समेत नहुँदा अहिले चिस्यान  केन्द्रमा सवारी पार्किङ र कुकुर लगायतका पशु चौपाया बस्ने थलो रूपमा परिणत भएको छ । यसमा कसैकाे ध्यान गएको देखिदैन भन्दै निराशा  हुदै स्थानीयहरू किसानले अब चिस्यान केन्द्र बन्ने हाे या हाेइन दाेधारमा छाै उहाँहरूले गुनासो गर्दै  भन्नुभयो ।तानसेन कुन्सरेमा चार रोपनी जग्गामा तरकारी खेती गर्दै आउनुभएका किसान टंकनाथ  ढकालले आफुले सिजन अनुसारका तरकारी लगाउने गरेको तर कहिलेकाहीँ तरकारी समयमा बेच्न नपाउँदा खेतबारीमै कुहिने अवस्था रहेकोले यहाँ अधुरो चिस्यान केन्द्र निर्माण सम्पन्न भएमा हामीहरू जस्ता साना किसानलाई राहत मिल्ने  उहाँले कुराकानीमा बताउनुभयो ।

चिस्यान केन्द्र दुई वर्षमा सक्ने गरी निर्माण सुरु गरिएपनी १२ वर्ष सम्म २७ प्रतिशत मात्र काम भएको तानसेन नगरपालिकाका सूचना अधिकारी भरत प्रसाद आचार्य बताउनुभयो । तेत्तीस फिट अग्लो, २६ मिटर लम्बाइ र १४ मिटर चौडाइको चिस्यान केन्द्र, दुई हजार टन कृषि उपज राख्न सकिने क्षमताको छ । भारतीय राजदूतावासको सहयोगमा २०६९ फागुन २३ गते सम्झौता गरेको निर्माण कम्पनीले २०७१ जेठ २३ गते काम सक्ने लक्ष्य लिएको थियो । तर   २७ प्रतिशत मात्र काम भएको आचार्यले भन्नुभयो   । उहाँले निर्माण कम्पनी हिमडुंग एन्ड थोकर र जय रक्त काली जेबीले तानसेन नगरपालिकाबाट रु दुई करोड बढी रकम भुक्तानी लगेका छन् । तर आर्थिक सहयोग गरेको भारतीय राजदूतावासले चिस्यान केन्द्रको अवलोकन गरेको छ ।

समयमा काम सम्पन्न नभएपछि तानसेन नगरपालिकाले पूर्व निधारित क्षतिपूर्ति रु ४८ लाख रकम तिर्नलाई निर्माण कम्पनीलाई पत्राचार गरेको समेत तानसेन नगरपालिका उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले  बताउनुभयो । तानसेन नगरपालिकाले पूर्व निर्धारित योजना र सम्झौता अनुसार काम नगरेको भन्दै पटकपटक परिपत्र गर्दै आएको बताउँदै अव अन्य कम्पनी छनोट गरेर भए पनि अलपत्र रहेको योजना सम्पन्न गर्ने लक्ष्य लिएको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

पाल्पामा तत्काल बजारमा खपत हुनेभन्दा बढी उत्पादन भएका तरकारी,फलफूल,अदुवा, दूग्ध लगायत कृषि उत्पादन भण्डारण गर्न किसानको मागअनुसार चिस्यान केन्द्र निर्माण सुरु गरिएको थियो । तानसेनमा सो केन्द्र निर्माण पछि उत्साही  बनेका किसान निर्माण कार्यमा भएको ढिलाइले  पुनः निरुत्साहित हुन पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *