बीस थान ल्यापटप सरस्वती माविलाई हस्तान्तरण

पाल्पा, राेटरी क्लब अफ पाल्पा लुम्बिनीको समन्वयमा क्यान हेल्प अष्ट्रेलिया र तानसेन नगरपालिकाकाे सहयोगमा बीस थान ल्यापटप सरस्वती माध्यमिक बिद्यालय तानसेन-७, सुन्दरगाउँ , पाल्पालाई हस्तान्तरण गरिएको छ।

मानवीय सेवामा समर्पित सामाजिक संस्था राेटरी क्लव अफ पाल्पा लुम्बिनीको समन्वयमा क्यान हेल्प अष्ट्रेलिया,क्यान हेल्प नेपाल ,तानसेन नगरपालिका ,लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल लिमिटेड र राेट्याक क्लब अल पाल्पा लुम्बिनी काे सहयोगमा प्राप्त बीस थान ल्यापटप र विद्यालयकाे स्थापित आइसिटी ल्यावकाे एक कार्यक्रम बीच उद्घाटन गर्दै विद्यालयमा हस्तान्तरण गरिएको हाे।

राेटरी क्लव अफ पाल्पा लुम्बिनी,लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड र सरस्वती माध्यमिक विद्यालयबाट संयुक्त रूपमा आयोजना गरेकाे कार्यक्रममा प्रमुख अतिथिकाे महत्त्वपूर्ण मन्तब्य राख्नुहुदै तानसेन नगर प्रमुख सन्तोषलाल श्रेष्ठले अहिलेकाे समय विज्ञान प्रविधिकाे युग भएकोले विद्यार्थीहरूले प्रविधिमा जानकार हुनुपर्ने भन्दै नगर प्रमुख श्रेष्ठले विना प्रविधिकाे ज्ञानले मानिसले जतिसुकै ज्ञानकाे श्रेष्ठता हासिल गरे पनि अहिलेकाे प्रविधि विनाको ज्ञानले मानिस सुन्यता रहने हुदा प्रविधि विनाको ज्ञानले कुनै अर्थ नराख्ने भन्दै प्रविधिसंग जाेड्न
क्यान हेल्प अष्ट्रेलियाकाे सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि क्यान हेल्प अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत ग्राहम करीले आफुले राेटरी क्लब अफ पाल्पा लुम्बिनीकाे माध्यमबाट विद्यालयमा ल्यापटप सहयोग गर्न पाउनु गर्वकाे विषय भएको बताउँदै उहाँले आइटीतर्फ रूचि राख्ने प्रविधिसंग रहेर भविष्यमा काम गर्न चाहने विद्यार्थीहरूकाे लागि क्यान हेल्प अष्ट्रेलियाबाट उपलब्ध गराएको ल्यापटप यहाँ अध्ययनरत विद्यार्थीहरूलाई प्रविधि सिकाइमा महत्त्वपूर्ण रहने र भाेलीका दिन सहयोग समन्वय गरेर क्यान हेल्प अष्ट्रेलिया साथै क्यान हेल्प नेपाल अघि समेत उहाँले बढने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद पाेखरेलले राेटरी क्लव अफ पाल्पा लुम्बिनी,राेट्याक क्लब अफ पाल्पा लुम्बिनी,क्यान हेल्प नेपाल, क्यान हेल्प अष्ट्रेलिया लगायत राेट्याक,राेटरियन सदस्यहरूकाे याे सहयोग खेर नजाने र आउदा दिनमा समेत संस्थाकाे तर्फबाट सहयोग हुने अपेक्षा राखेको बताउँदै अध्यक्ष पाेखरेलले यसको समन्वय सहयोगमा रहने राेटरियन खड्कबहादुर जिरेल, राेटरी क्लब अफ पाल्पा लुम्बिनीका संस्थापक ,चार्टर्ड प्रेसिडेन्ट एवं लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल लिमिटेडका कार्यकारी अध्यक्ष गाेपाल बहादुर पाेखरेल, राजकुमार गुप्ता, सुमित कुमार ठाकुर ,सम्झना राजभण्डारी, नगर प्रमुख सन्तोषलाल श्रेष्ठ लगायतकाे भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल लिमिटेडका कार्यकारी अध्यक्ष एवं राेटरी क्लब अफ पाल्पा लुम्बिनीका संस्थापक चार्टर्ड प्रेसिडेन्ट गाेपालबहादुर पाेखरेलले उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बाेल्दै प्रविधिले पछिल्लो समय ठूलो फड्को मारेको र प्रविधिकाे ज्ञान विना अब मानिस सुन्यता जस्तै रहने हुदा अवकाे शिक्षण प्रविधिसंग जाेडेर विद्यार्थीहरूकाे सिकाइ हुनुपर्ने र त्यसका लागि क्यान हेल्प अष्ट्रेलियाकाे सहयोग विशेष रहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शंकरप्रसाद पाैडेलले क्यान हेल्प अष्ट्रेलिया ,क्यान हेल्प नेपाल ,तानसेन नगरपालिका, राेटरी क्लब अफ पाल्पा लुम्बिनी र राेट्याक क्लब अफ पाल्पा लुम्बिनीकाे सहयोगबाट विद्यालयकाे आइटी ल्याव स्थापना गर्न यहाँहरूकाे महत्त्वपूर्ण सहयोग रहेको भन्दै क्लबले विद्यालयमा हैप्पी स्कुल अन्तर्गत यसअघि प्रधानाध्यापक पाैडेलले रंगरोगन, सहित कल्चरल पाेषाक, विद्यार्थीहरूकाे लागि झाेला, स्टेसनरी न्यानो कपडा वितरण गर्दै बेलाबेलामा स्वास्थ्य शिविर सञ्चालन गरि विद्यार्थीकाे स्वास्थ्य परिक्षण र विद्यालयकाे भाैतिक विकास निर्माणका काममा सहयोग गरेकोमा विद्यालयकाे तर्फबाट हार्दिक आभार व्यक्त गर्नुहुदै आगामी दिनहरूमा यहाँहरूकाे सहयोग महत्त्वपूर्ण रहने विश्वास लिएको बताउनुभयो ।

आइटी ल्याव उद्घाटन तथा ल्यापटप सहयोग हस्तान्तरणमा राेटरी क्लब अफ पाल्पा लुम्बिनीका राेटरीयन कृष्ण पराजुली, महेश्वर पन्त ,शिखा पहाडी ,दिपक जिसी, भक्तिराम न्याैपाने,हरि अर्याल र विद्यालय व्यवस्थापन समिति सदस्य अम्विका पाैडेल, नवराज ज्ञवाली, काेपिला कार्की,मिना जिसी,विद्यालयका सहायक प्रधानाध्यापक नरेन्द्र न्याैपाने लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम राेटरी क्लब अफ पाल्पा लुम्बिनीका प्रेसिडेन्ट राेटरियन रमेश न्याैपानेकाे अध्यक्षतामा क्लबका सदस्य राेटरियन लक्ष्मण प्रसाद काेईरालाकाे स्वागत र तानसेन-७,का वडा अध्यक्ष एवं नाेमनी प्रेसिडेन्ट प्रदिप खनालकाे धन्यवाद ज्ञापन सहित राेटरी क्लब अफ पाल्पा लुम्बिनीका सचिव मुक्तिराम भुषालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *