बुटवल उपमहानगरपालिकाका वडाअध्यक्ष बस्नेतद्वारा भैरवनाथ मन्दिरमा अक्षयकोष स्थापना

पाल्पा, रिब्दिकाेट गाउँपालिका भैरवस्थानमा रहेको भैरवनाथ मन्दिरकाे दैनिक पूजापाठ सञ्चालनका लागि मन्दिर दर्शन गर्न आएको अवसरमा उहाँले अक्षयकोष स्थापना गर्नुभएको हाे ।बुटवल उपमहानगरपालिका-१ का वडाअध्यक्ष नरेन्द्र बस्नेतले हजुरबुबा लीलाधर बस्नेत, पिता विष्णुहरि बस्नेत , माता देवेन्द्र कुमारी बस्नेत र श्रीमती रिता बस्नेत सहित परिवारकाे उपस्थित सहित श्री भैरवनाथ मन्दिरमा रू. ५१,१०१/- अक्षेरूपी एकाउन्न हजार एक सय एक रूपैयाँकाे अक्षयकोष स्थापना गर्नुभएको छ ।

बुटवल उपमहानगरपालिका-१ बुटवल स्थायी बसाेवास गर्ने बस्नेतले भैरवनाथ मन्दिरकाे पूजाआजा दर्शन गर्नका लागि आउँदा अक्षयकोष स्थापना गर्दै मन्दिरको नित्य पूजा सञ्चालन लगायत अन्य परोपकारी कार्यका लागि अक्षयकोष स्थापना गरेको बताउनुभयो। सोही अवसरमा अक्षयकोषदाता बस्नेत र परिवारलाई श्रीभैरवनाथ मन्दिर ब्यवस्थापन समितिकाे तर्फबाट सम्मान गरिएकाे जानकारी मन्दिर ब्यवस्थापन समिति अध्यक्ष गाेविन्दबहादुर पाेखरेलले जानकारी दिनुभयो ।

यसअघि भैरवनाथ मन्दिरमा श्रद्धालु भक्तजनले अक्षयकोषलाई राख्नुभएको ब्यवस्थापन समितिका काेषाध्यक्ष विरेन्द्र मिदुनले बताउनुभयो ।उहाँले मन्दिरको दैनिक पूजाआजा सञ्चालनका लागि अक्षयकोष स्थापना गरिदिनुहुने श्रद्धालु भक्तजनको मंगल कामना गर्दै भैरवनाथले सधै कल्याण गर्नुहुनेछ भन्नुभयो । गरेको अक्षयकोषदाता सम्मान कार्यक्रममा मन्दिर ब्यवस्थापन समिति र अक्षयकोषदाताको पारिवारिक सदस्य सहितकाे उपस्थितिमा भएको कार्यक्रममा बाेल्दै अक्षयकोषदाता नरेन्द्र बस्नेतले याे पवित्र कार्यले पक्कै पनि मन्दिरको चौतर्फी विकास, मन्दिरको पूजाआजाका लागि अक्षयकोषले थप सहज विश्वास आफुले लिनुभएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *