ब्राह्मण समाज नेपालकाे अधिवेशन सम्पन्न

निराजन पाैडेल पाल्पा, ब्राह्मण समाज नेपाल जिल्ला समिति पाल्पाको१२औँ साधारणसभा तथा चाैँथाे अधिवेशन सम्पन्न भएको छ।बाह्मण समाजका केन्द्रीय सदस्य हाेमनाथ न्याैपानेकाे प्रमुख आतिथ्यतामा वार्षिकोत्सब एवं  सम्पन्न अधिवेशनमा सविता भट्टराई ,बुद्धि प्रसाद शर्मा ,उमानाथ आत्रेय ,महेन्द्र पन्थी लगायतले आ-आफ्नो विचार तथा शुभकामना मन्तब्य राख्दै नेपाल प्राचीन कालदेखि चलिआएका विद्यमान माैलिक कला संस्कृति ,धर्मकाे रक्षा एवं संस्कृति संरक्षणमा लाग्नुपर्ने भन्दै उहाँहरूले धर्मको रक्षा रसमाज कल्याण,पितृउद्वार एवं हामीले मान्दै आएको रितीरिवाज कायम राख्नका लागि ब्राह्मण समाज नेपालकाे स्थापना रहेको बताउँनुभएको थियोे ।

ब्राह्मण समाज नेपाल पाल्पा शाखाका अध्यक्ष धर्मचन्द्र नेपालकाे अध्यक्षतामा सम्पन्न अधिवेशनबाट पुनः धर्मचन्द्र नेपालकै नेतृत्वमा जिल्ला समिति गठन गरेको हाे।जस अनुसार उपाध्यक्ष दुर्गादेवी नेपाल , सचिव पुरूषाेत्तम अर्याल, सह-सचिव जयराम सापकोटा ,काेषाध्यक्ष कृष्णप्रसाद चालिसे रहनुभएकाे छ। त्यस्तै सदस्यहरूमा मालती पाैडेल, यादव पाेखरेल, ठाकुर वस्याल, रामप्रसाद वस्याल, हरिशंकर वस्याल, नेत्र न्याैपाने र मन्जु पाण्डे रहनुभएकाे छ।

त्यस्तै ब्राह्मण समाज नेपालकाे पुस २० र २१ गते  लुम्बिनी प्रदेशको दाङ हुने केन्द्रीय अधिवेशनकालागि पाल्पाबाट हाेमनाथ न्याैपाने,धर्मचन्द्र नेपाल ,कृष्ण चालिसे , यादव पाेखरेल,हरिशंकर वस्याल,नेत्र न्याैपाने र नारायण वस्याललाई प्रतिनिधि चयन गरेको हाे।समाजकाे बाह्रऔँ वार्षिक साधारणसभा तथा चाैँथाे अधिवेशन कार्यक्रममा राष्ट्रिय लाेक भजनप्रतिष्ठानका केन्द्रीय सदस्य जयप्रकाश उप्रेतीकाेटाेलीले लाेक संस्कृतिमा आधारित राेचक भजनकिर्तन प्रस्तुत गर्नुभएको थियोे ।ब्राह्मण समाज पाल्पा अध्यक्ष धर्मचन्द्र नेपालकाेअध्यक्षतामा भएको कार्यक्रममा हरिशंकर वस्यालकाे स्वागत र पुरूषाेत्तम अर्यालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *