भगवती जात्रालाई राष्ट्रिय उत्सवकाे मान्यता दिन सरकारसंग पाल्पाली जनताकाे माग

पाल्पा,तानसेनकाे ऐतिहासिक भगवती जात्रालाई राष्ट्रिय विजय उत्सवको रूपमा घोषणा गरिदिन पाल्पाली जनताले सरकार समक्ष माग गरेका छन् । पाल्पाले नेपाल-अँग्रेजसंगकाे युद्वगर्दा तत्कालीन पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाले अंग्रेज फौजलाई हराउन सफल भएपछि पाल्पामा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन विजय उत्सवका स्वरुप पाल्पाको भगवती जात्रा लाई (रथयात्रा)गर्दै मनाउँदै गरेको इतिहास रहेको छ। उक्त दिन राष्ट्रिय उत्सवका रुपमा घोषणा गर्न पाल्पालीले सरकारसंग माग गरेका हुन् ।पाल्पालीहरूको नेतृत्व गर्दै तानसेन नगर सरकार, भगवती गुठी व्यवस्थापन समिति,संघीय, प्रदेश सांसद जिल्लाका राजनीतिक दल,समाजसेवी लगायतको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पाल्पाको विजय उत्सवकाे प्रतिककाे रूपमा रहेको पाल्पाको ऐतिहासिक भगवती जात्रालाई राष्ट्रिय विजय उत्सवको रूपमा घोषणा गर्न पाल्पाली नेतृत्वकाे टाेलीले माग गरेका छन् ।

पाल्पाको भगवती जात्रा राष्ट्रिय एकतासँगकाे विषय जोडिएकोले त्यस उत्सव जात्रालाई राष्ट्रिय रुपमै मान्यता दिनुपर्ने भन्दै पाल्पालीहरुकाे नेतृत्व गर्दै गएको टाेलीले भेट गर्दै प्रधानमन्त्री समक्ष उक्त माग पत्र बुझाउँनुभएकाे हाे ।पाल्पाको भगवती जात्रालाई राष्ट्रिय पर्व घोषणा गर्दै राष्ट्र प्रमुख वा सरकार प्रमुख जात्रामा सहभागी हुने व्यवस्था गर्न समेत नेपाल सरकार समक्ष अनुरोधका साथ प्रधानमन्त्रीसंगआग्रह गर्नुभएको थियोे । भेटमा प्रधानमन्त्री प्रचण्डले पाल्पालीको मागलाई सम्बोधन गर्न आफुले पहल गर्ने आश्वासन दिनुभएकाे छ । भगवती जात्रालाई पाल्पाली जनताको मागअनुसार राष्ट्रिय उत्सवकाे पर्वका रूपमा घोषणा गर्नलाई पहल गर्ने उहाँको भनाई रहेको छ ।

पाल्पाको टोलीले राष्ट्रपति रामचन्द्र पौड्याललाई पनि भेटघाट गर्दै भगवती जात्रामा राष्ट्रप्रमुख वा सरकार प्रमुखको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरिदिन आग्रह गरेको छ । सन् १८७१/०७२ मा अंग्रेजहरुले नेपालमा चौतर्फी आक्रमण गरेपछि भगवती देवीको सहयोगमा लडाई जितेकाे विश्वास गर्दै काजी अमरसिंह थापाका नाति कर्णेल उजीरसिंह थापाले पाल्पा भगवती मन्दिर बनाउने र जितेपछि विजय उत्सवको रूपमा रथ यात्रा निकालेको किम्बदन्ती रहेको छ । त्यसयता प्रत्येक बर्षमा पाल्पाको तानसेनमा भगवती जात्रा मनाउने गरिएको हो ।

श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यबस्थापन समितिले ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकाल्ने गरेको इतिहास छ । यो भगवती जात्रालाई राष्ट्रिय महत्वका रुपमा सबैले लिने गरेका छन् । लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकार तानसेन नगरपालिकाले समेत राष्ट्रिय गौरवको रुपमा रहेको भगवती जात्राका दिन सार्वजनिक विदा दिदै आएको छ। ऐतिहासिक भगवती जात्रालाई राष्ट्रव्यापी बनाउन देशभर सार्वजनिक विदा दिनुपर्ने विषय जनस्तरबाटै व्यापक रुपमा उठ्दै आउनुका साथै पाल्पा र लुम्बिनी प्रदेशको मात्र विजय उत्सव नभएकाले समग्र राष्ट्रिय रुपमा मनाउनका लागि पाल्पाली जनताले केन्द्र सरकार समक्ष आग्रह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *