भवानी माविको वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

पाल्पा,रिब्दिकोट गाउँपालिकाकाे लामीपाेखरी,कुसुमखाेलामा अवस्थित भवानी माध्यमिक बिद्यालयले ६७ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यालयकाे ६७ औँ वार्षिकोत्सब तथा अभिभावक दिवसलाई लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगर बसन्तले बिद्यालयको वार्षिकोत्सब उद्घाटन गर्नुभयो । वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रमका प्रमुख अतिथी सभामुख घर्ती मगरले बिद्यालयको भौतिक प्रगती लोभलाग्दो रहेको बताउँनुहुदै उहाँले भौतिक रूपमा प्रगती गरे जस्तै शैक्षिक गुणस्तरमा समेत बृद्धि गर्नुपर्ने बताउँनुभयो । उहाँले बिद्यालयको शैक्षिक सुधारको लागि आफ्नो सहयोग सधैँ रहने बताउँनुभयो ।

वार्षिकोत्सब कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद आचार्यले प्रगति प्रतिवेदन संगै एक करोड पचास लाख रूपैयाँ बराबरको बार्षिक आयब्यय प्रस्तुत गर्नुभएकाे थियोे । उहाँले बार्षिकउत्सबको अवसरमा बिद्यालयकाे आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रधानाध्यापक आचार्यले करिब एक लाख बढी अक्षयकोष थप भएको समेत जानकारी गराउँनु भयो । जसमा २०४८ साल एसएलसी समूहका सञ्जय आचार्य र बिश्वनाथ पौडेल लगायतका ब्यक्तिहरुबाट अक्षयकोष रकममा थप गर्नुभएको जानकारी प्रधानाध्यापक आचार्यले गराउँनुभयाे । वार्षिकोत्सब कार्यक्रमकाे अवसरमा उत्कृष्ट शिक्षकका रूपमा बिद्यालयका शिक्षक अर्जुन आचार्यलाई श्री भवानी अल्मुनाई एशाेसियसन काठमाडौंकाे नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै वार्षिकोत्सब कार्यक्रमकाे अवसरमा २०७९ काे एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रा कक्षा बाह्रकाे बाेर्ड परीक्षामा सर्वाेउत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरूलाई समेत वार्षिकोत्सब कार्यक्रममा मेडल तथा कदर-पत्रले सम्मान गरिएकाे छ । कार्यक्रम बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष विजय आचार्यले स्वागत गर्नुभएको थियोे । वार्षिकोत्सब कार्यक्रम शिक्षक यादब आचार्य र शोभा पौडेलकाे सञ्चालनमा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *