भैरवनाथ मन्दिरकाे दुईवटा ऐतिहासिक कृति सार्वजनिक

पाल्पा, लेखकद्वय राम ज्ञवाली र नवराज ज्ञवालीद्वारा लेखन तथा सम्पादन गरिएको ऐतिहासिक कृति “पाल्पाका भैरवनाथ” र “पाल्पाको भैरवनाथ मन्दिर” पुस्तकलाई सार्वजनिक गरिएको छ । भैरवनाथ मन्दिर व्यवस्थापन समितिले प्रकाशन गरेको कृति भैरवनाथ मन्दिरका संस्थापक मणिमुकुन्द सेन एवं भैरवनाथ प्रति श्रद्धा,आस्था र विश्वास गर्नुहुने भक्तजनहरूमा समर्पित रहेको छ । लेखकद्वय राम ज्ञवाली र नवराज ज्ञवालीले लेख्नुभएको पुस्तक सार्वजनिक कार्यक्रम रिब्दिकाेट गाउँपालिका वडा नं ४, भैरवस्थानको आयोजना र भैरवनाथ मन्दिर व्यवस्थापन समिति पाल्पाको समन्वयमा प्रकाशित कृतिलाई लोकार्पण गरिएको छ ।

कृति सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधिसभा सभासद देवराज घिमिरेले पाल्पा राज्यको ऐतिहासिक स्थलमा सेन वंशीय राजा मणिमुकुन्द सेनले स्थापना गरेको भैरवनाथकाे दर्शन गर्नपाउँनु गर्भकाे कुरा रहेको बताउँदै प्रकाशित कृतिले भैरवनाथ मन्दिरको विषयमा केन्द्रीत भई “पाल्पाका भैरवनाथ” “पाल्पाको भैरवनाथ मन्दिर” नामक दुईवटा ऐतिहासिक कृति लेख्नुभई सार्वजनिक गर्न सफल हुनुभएकोमा लेखकद्वय राम ज्ञवाली र नवराज ज्ञवालीलाई बधाई दिनुभयो । प्रतिनिधिसभाका सभामुख घिमिरेले यस्ताे गहन विषयमा खाेज अनुसन्धान गरि पुस्तक तयार गर्नु आफैमा ठूलो चुनौती र कठिन कार्य रहेकाले यस्तो कर्मकाे सहि मुल्यांकन र उच्च सम्मान हुनुपर्ने भन्नुभयो । उहाँले भैरवनाथ मन्दिर व्यवस्थापन समितिबाट पुस्तक प्रकाशन हुनु महत्त्वपूर्ण काम भएको बताउँदै समग्र पाल्पा र भैरवनाथकाे जानकारी मात्र नभएर राष्ट्रभरका भैरवनाथ मन्दिरकाे जानकारी दिने कृति तयार गरि भैरवप्रति समर्पित कृति प्राप्त गर्ने अवसर प्रदान गर्नुभएकोमा मन्दिर व्यवस्थापन समिति परिवार, अध्यक्ष गाेविन्दबहादुर पाेखरेललाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले मन्दिर समितिले प्रकाशन गरेको कृति सार्वजनिक गर्दै मठमन्दिरहरू राष्ट्रकै अमुल्य अक्षुण्ण सम्पत्ति र अलंकार रहेको भन्दै यिनको संरक्षण गर्नु हाम्राे दायित्व भएको बताउनुभयाे ।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्रतिनिधिसभा सभामुख घिमिरेले ज्ञवालीद्वयबाट लिखित पुस्तकले पाल्पाकाे भैरवनाथ मन्दिरलाई मात्र नभएर देशभरकै भैरवहरूको बारेमा जानकारी दिन सफल भएकोले याे पुस्तक मात्र नभएर दर्पण रहेको समेत बताउँनुभयाे । सार्वजनिक कार्यक्रममा बाेल्नुहुँदै उहाँले प्राचीन कालदेखिका सनातन कला, संस्कृतिले हाम्रा सम्पदा लाेक आधारित छन् र यी जीवन्त रहेका श्रद्धा आस्था विश्वासका सराेकारीत हुने विषय समाजको अक्षुण्ण रहने भएकोले उहाँले भैरवनाथ मन्दिरको बारेमा लेखिएको यस कृतिबारे जानकारी लिन चाहनेहरूका लागि र अनुसन्धानकर्ता एवं भैरवप्रति श्रद्धा, आस्था राख्नुहुने सबैलाई वास्तवमै याे पुस्तक पठनीय रहने एवं महत्त्वपूर्ण रहेको बताउँदै शुभकामना व्यक्त गर्नु भएको छ।

कार्यक्रमका विशिष्टअतिथि एवं लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले भैरवनाथ मन्दिरकाे प्रकाशित कृतिले भैरव सम्बन्धी विषयबस्तु मात्र नभएर समग्र धार्मिक तथा साँस्कृतिक ऐतिहासिक पृष्ठभूमिलाई उजागर गर्दै गहन खाेजअनुसन्धानकाे दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण रहेकोले पनि याे पुस्तक पठनीय र संग्रहणीय बन्नेमा आफुले विश्वास लिएको बताउँनुभयाे। उहाँले आफ्नो निर्वाचन क्षेत्रमा रहेको यस मन्दिरको विकास धार्मिक एवं साँस्कृतिक रूपमा गर्नुपर्ने जस्तोसुकै काम आफ्नोतर्फबाट गर्ने बताउँदै सभामुख घर्तीमगरले नेपालकाे सय धार्मिक गन्तव्य स्थलको रूपमा अघि बढाउनलाई केन्द्र सरकारसंग पहल गर्ने भन्दै उहाँले भैरवनाथ मन्दिरको प्रकाशित पुस्तक ऐतिहासिक धार्मिक दस्तावेजकाे रूपमा आएकोमा भैरवनाथ मन्दिरकाे बारेमा बुझ्न र पढ्न चाहना राख्नेहरूलाई महत्त्वपूर्ण रहेकोले यस्तो पुस्तकलाई सार्वजनिक गर्न पाउनु नै गौरावान्वित भएको महशुल भएको बताउँनुभयाे। विगत -वर्तमान समेटिएको यस्तो कृतिले मन्दिरको सराेकारका अधिकतम् सैद्धान्तिक ज्ञान साथै विविध विषय समेट्न सफल भएकोमा लेखकद्वय, मन्दिर समिति लगायत सबैमा धन्यवाद दिनुभयाे ।

रिब्दिकाेट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले कृति सार्वजनिक कार्यक्रमकाे अध्यक्षता गर्नुहुँदै आफ्नो गाउँपालिका भित्रकाे प्रसिद्ध धार्मिक स्थल भैरवनाथ मन्दिरकाे बारेमा पुस्तक लेख्ने लेखकद्वय राम ज्ञवाली र नवराज ज्ञवाली याे ऐतिहासिक पुस्तकलाई प्रकाशनकाे निर्णय लिएर भैरवप्रति श्रद्धा, आस्था र विश्वास राख्नेभक्तजन खाेज अनुसन्धानकर्ताहरू महत्त्वपूर्ण हुने भन्दै अध्यक्ष कार्कीले प्रकाशित कृतिकाे मर्मलाई सूक्ष्म चर्चा गर्नुहुँदै उहाँले बधाई एवं शुभकामना व्यक्त गर्नुभयो ।

भैरवनाथ मन्दिर व्यवस्थापन समितिबाट प्रकाशनमा आएको “पाल्पाका भैरवनाथ” र “पाल्पाको भैरवनाथ मन्दिर ” दुईवटा ऐतिहासिक कृतिकाे सार्वजनिक कार्यक्रममा संघीय सांसदका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख ,राष्ट्रिय सभाका उपाध्यक्ष, प्रदेश सभाका सभामुख र उपसभामुख लगायतको आथित्यतामा कार्यक्रम गर्न पाउनुले पनि रिब्दिकाेट गाउँपालिका गौरवान्वित भएको बताउँदै यस्तो अर्थपूर्ण कार्यक्रमकाे व्यवस्था मिलाउने ४ नं.वडा कार्यालय र मन्दिर व्यवस्थापन समितिप्रति धन्यवाद दिनुहुँदै शुभकामना व्यक्त गर्नुभएको छ।

कृति सार्वजनिक कार्यक्रममा सहभागी रहनुभएका सम्पूर्ण अतिथिहरूलाई भैरवनाथ मन्दिर समितिकाे तर्फबाट अध्यक्ष गाेविन्दबहादुर पाेखरेलले भैरव मन्दिरको बारेमा जानकारी दिने उद्धेश्य र मन्दिरकाे संरक्षण तथा विकासकाे लागि पुस्तक प्रकाशन गरेको औंचित्यता प्रष्टाउँदै यस कार्यमा विविध काेणबाट सहयोग गर्नुहुने सम्पूर्णमा कृतज्ञता प्रकट गर्दै स्वागत गर्नुभएको थियोे ।कार्यक्रम रिब्दिकाेट गाउँपालिका-४नं. वडाअध्यक्ष साेम बहादुर कार्कीकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *