भैरवनाथ मन्दिरमा अक्षयकोष स्थापना

पाल्पा, रिब्दिकाेट गाउँपालिका भैरवस्थानमा अवस्थित श्री भैरवनाथ मन्दिर ब्यवस्थापन समितिमा भैरवनाथकाे दैनिक पूजापाठ गर्न मन्दिरमा काठमाडौँ महानगरपालिका-१८, नरदेवी स्थायी बसाेवास स्वर्गीय लाेक बहादुर अमात्य र सुनकुमारी अमात्यकाे नातिनीले आफ्नो स्वर्गीय मातापिता बुद्धलक्ष्मी अमात्य र गाेविन्दलाल अमात्यकाे स्मृतिमा रू :- ५०५५/- काे अक्षयकोष स्थापना गर्नुभएको छ। उहाँले भैरवनाथकाे मन्दिरमा पूजाआजा लागि आउदा मन्दिरको गरेर मन्दिरको नित्य पूजा सञ्चालन लगायत अन्य परोपकारी कार्यका लागि अक्षयकोष स्थापना गर्नुभएकाे हाे । सोही अवसरमा अक्षयकोषदाता श्री कविता अमात्य र पद्मा अमात्यलाई भैरवनाथ मन्दिर ब्यवस्थापन समितिकाे तर्फबाट सम्मान गरिएकाे जानकारी मन्दिर ब्यवस्थापन समिति अध्यक्ष गाेविन्द बहादुर पाेखरेलले बताउँनुभयाे।

यसअघि भैरवनाथ मन्दिरमा पूर्व सांसद हरिप्रसाद नेपाल, राम्जी रावल, डाक्टर ईश्वर लाेहनी लगायतका अक्षयकोषदाताले मन्दिरको दैनिक पूजाआजा सञ्चालनका लागि अक्षयकोष स्थापना गरिदिनु भएको थियो। समाजसेवी कविता पद्मा अमात्यले भैरवनाथ मन्दिरमा स्थापना गरेको रकमलाई पछि थप गर्ने पनि बताउँनुभयाे ।अक्षयकोषदाता सम्मान कार्यक्रममा मन्दिर ब्यवस्थापन समिति र अक्षयकोषदाताको पारिवारिक सदस्य सहितकाे उपस्थितिमा भएको कार्यक्रममा बाेल्दै अक्षयकोषदाता कविता अमात्य र पद्मा अमात्यले याे पवित्र कार्यले पक्कैपनि मन्दिरको चौतर्फी विकास, मन्दिरको पूजाआजाका लागि अक्षयकोषले थप सहज विश्वास उहाँले लिनुभएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *