भैरवनाथ मन्दिरमा पाँचदिने पुरुषोत्तममास महात्म्य कथा प्रवचन सुरु

पाल्पा, रिब्दिकाेट गाउँपालिका-४,मा अवस्थित श्री भैरवनाथ मन्दिरमा पाँचदिने पुरुषोत्तममास महात्म्य कथा प्रवचन सुरु भएको छ । पुरुशोत्तम महिनामा विभिन्न ठाउँ तथा मठमन्दिरमा बाचन हुँदै आएको पुरूषाेत्तममासकाे महात्म्य कथा भैरवनाथ मन्दिर व्यवस्थापन समितिकाे आयाेजनामा पण्डित लीलामणि खनालले बाचन गरिरहनुभएकाे छ ।रिब्दिकाेटकाे भैरवस्थानमा रहेको भैरवनाथ मन्दिर व्यवस्थापन समितिको आयोजनामा साउन २३ गते बाटसुरू भएकाे भगवान पुरूषाेत्तमकाे महात्म्य कथा बाचन साउन २९ गतेसम्म विशेष पुजाआजा सहित पुरुषोत्तममासकाे महात्म्य कथा पं.लीलामणि खनालबाट कथा बाचन भइरहेको भैरवनाथ मन्दिर व्यवस्थापन समितिका व्यवस्थापक मिनबहादुर बुढाथोकीले बताउँनुभयाे।

त्यस्तै मन्दिर व्यवस्थापन समितिका काेषाध्यक्ष विरेन्द्र मिदुनले मनलाइ शान्त बनाउन र जीवनमा ऊर्जापाउन सकारात्मक सोँच विकास गर्न धर्मकर्म संस्कार र संस्कृतीसंग मानिस जोडिएको हुन्छ, आफ्ना धर्म र संस्कृति विचार र आस्थालाई सम्मान गर्दै गयौ भने सभ्य समाज बन्न सक्छ भन्दै उहाँले हाम्रा परम्परागत रूपमा चल्दै आएका धर्म संस्कृति बचाइ राख्न भैरव मन्दिरको आयोजनामा कथा बाचन भएको बताउनुभयो ।

भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गाेविन्दबहादुर पाेखरेलले सनातन धर्मले सबैलाइ सम्मान गरेको र सनातन धर्म संस्कारले सबैलाई गोलबन्द गर्दै धर्मकाे नाममा काेहि कसैलाई विभेद गर्न नहुने भन्दै यदि धर्मका नाममा कुनै त्यस किसिमको कार्य भनेकाे छ भने तुरुन्तै राेक्नुपर्ने र सबैलाई सम्मान गरिनुपर्छ भन्नुभयो ।भैरवनाथ मन्दिरकाे आयोजनामा बाचन भइरहेको पुरूषाेत्तम महात्म्य कथाकाे श्रवण गरि अनन्य पुन्य कमाउन सम्पुर्ण भक्त जनलाई आब्हान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *