भैरवनाथ मन्दिर व्यवस्थापन समितिले हरिशायनी एकादशीकाेअवसरमा एकादशी महात्म्य कथा वाचन सुरु

पाल्पा, रिब्दिकाेट गाउँपालिकाकाे भैरवस्थानमा अवस्थित श्री भैरवनाथ मन्दिरले हरिशयनी एकादशीकाे अवसरमा एकादशी माहत्म्य कथा वाचन आषाढ शुक्लपक्ष पद्मा एकादशीकाे दिनमा सुरुगरी कार्तिक शुक्लपक्ष हरिबाेधनी एकादशी सम्मकाे चर्तुमास अवधिभर प्रत्येक एकादशीका दिन एकादशी माहत्म्य बिषयमा कथा प्रवचन हुने साथै यस वर्षको श्रावण २ गतेदेखि ३० गतेसम्म अधिकमास (मलमास ) परेकाले यस अवधिमा भगवान् श्री पुरूषाेत्तमकाे पूजाअर्चना र मन्दिरमा हुने दैनिक पूजाआजासंगै चर्तुमान अवधिभर विषेश पूजाअर्चना गर्ने भएकोले यस कार्यमा सहभागी भई पुन्य प्राप्त गर्न सकिने श्री भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गाेविन्दबहादुर पाेखरेलले बताउनुभयो । उहाँले भैरवनाथ मन्दिरमा विगतमा पनि यस्तो पूजाअर्चना हुने गरेकोमा केही वर्षयता उक्त कार्य राेकिएकाले आफुले त्यसलाई निरन्तरता दिनलाई पूजाकाे थालनी गरेको अध्यक्ष पाेखरेलले कुराकानीमा बताउनुभएको हाे । उहाँले हरिशयनी एकादशीमा घरघरमा तुलसीको बिरुवा सारेर चार महिनासम्म विशेष पूजाअर्चना गरिने कार्य आजदेखि शुरू भएको बताउँदै अध्यक्ष पाेखरेलले एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । भन्दै हरिशयनी एकादशीमा राेपेकाे तुल्सी बिरूवा कार्तिक शुक्लपक्ष हरिबाेधनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजागर्ने परम्परा रहेको उहाँले भन्नुभयो ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको रूरू संस्कृत बिद्यापीठ गुल्मीका प्राध्यापक लीलामणि खनालले बताउनुभयाे । उहाँले भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास (मलमास ) परेकाले पाँच महिना हुने भएको छ उहाँले भन्नुभयो ।

एक वर्षमा चाैबीस एकादशी पर्छन् । यस वर्ष भने अधिकमासका दुई समेत गरी छब्बीस एकादशी परेकाे भन्दै सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्ने , नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत बस्ने र कामकाजमा सक्रिय हुनुपर्ने भन्दै चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्न उहाँले बताउनुभयो ।

भैरवनाथ मन्दिर व्यवस्थापन समिति सचिव दिलिप रायमाझीले वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ । तुलसी मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने जनविश्वास समेत रहेको र वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता रहेको सचिव रायमाझीले बताउनुभयो ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि अनुसार तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्नि स्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवन समेत गर्ने भैरवनाथ मन्दिर व्यवस्थापन समितिका सचिव रायमाझीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *