भैरव जनता माविकाे एक विद्यार्थी एक सीप कार्यक्रम सुरु

पाल्पा ,रिब्दिकोट गाउँपालिकाकाे भैरवस्थान, हटियामा रहेको भैरव जनता माध्यमिक विद्यालयमा एक विद्यार्थी एक सीप कार्यक्रमलाई सुरू गरेको छ । भैरव जनता माविको एक विद्यार्थी एक सीप कार्यक्रमको प्रमुख अतिथि एवं रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले कार्यक्रम उद्घाटनमा विद्यार्थीहरूले आ-आफ्नो सीपमा प्रयोग गरि निर्माण गरिएका बस्तुहरुको निरिक्षण एवं अवलोकन अध्ययन गर्नुहुँदै आउँदा दिनहरुमा शैक्षिक संस्थाहरूबाट यस्तो गतिविधि गर्दै विद्यार्थीहरूलाई सीपमूलक तथा जीवन उपयोगी शिक्षा प्रदान गरि सीपहरुको विकास गर्दै नयाँनयाँ सिर्जनात्मक कार्य गर्न प्रेरित गर्नुपर्ने बताउँनुभयाे।

कार्यक्रममा उद्घाटन मन्तब्य दिनुहुदै उहाँले शैक्षिक संस्थाहरूले बजारले कस्तो किसिमको जनशक्ति माग गरेको छ भन्ने नजान्ने र बुझ्न नखाेज्ने कारण पनि शैक्षिक संस्थाबाट उत्पादित जनशक्ति बजारमा बिक्न र टिक्न नसकेको भन्दै कक्षा कोठामा किताबको मात्रै पढाइ हुँदा विद्यार्थी शिक्षित बने पनि सीप विहीन बन्ने हुँदा उनीहरूकाे मनाेभावनालाई बुझेर हामी पनि गर्न सक्छौँ भन्ने भावनाकाे विकास एवं जीवन उपयोगी सीपको विकास गराउन पनि अवकाे शिक्षा सीपमूलक रहनुपर्छ भन्नुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कार्कीले अहिले समग्रमा विश्व जगतनै निकै प्रतिस्पर्धा रहेको र त्यसमा पनि सीप विनाको प्राप्त शिक्षाले अब केही गर्न समेत नसकिने भएकोले जीवनलाई अघि बढाउनलाई बजारमा प्रतिस्पर्धा गर्नलाई त्यहीँ किसिमको शिक्षा आवश्यक रहेको भन्दै उहाँले त्यसतर्फ साेच्न विद्यालयलाई ध्यानाकर्षण गराउँनुहुँदै उक्त कार्यका लागि स्थानीय सरकारबाट के कस्तो सहयोग चाहिन्छ त्यो व्यवस्था गरि अघि बढ्न स्थानीय सरकार तयार रहेको समेत उहाँले बताउँनुभयो ।

कार्यक्रममा अतिथि एवं रिब्दिकाेट गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणिप्रसाद खनालले अभिभावकहरूले सबै जिम्मेवारी आफै लिदैगर्दा बालबालिकाहरू हरेक काम र गतिविधिहरूमा अरूप्रति निर्भर हुने र आफुले केही नगरी गर्न सक्ने काममा पनि अरूकाे मुख ताक्ने अवस्था सिर्जना हुने भएकोले उनीहरूलाई आत्मनिर्भर बनाउन एक विद्यार्थी एक सीप अत्यन्तै सान्दर्भिक हुने बताउँनुभयाे। उहाँले कार्यक्रममा बाेल्नुहुँदै अहिलेकाे समय प्रविधि र सीपको युग भएकोले शैक्षिक संस्थाले विद्यार्थीलाई सीप सिकाउनु पर्छ र आत्मनिर्भरका लागि पनि यस किसिमको कार्यक्रम अनिवार्य हुनुपर्छ, उहाँले भन्नुभयो ।अहिले ‘विद्यार्थी फुर्सदको समयमा मोबाइल मात्रै चलाएर बस्ने र सीपविहीन बन्ने जोखिम बढ्दो र प्रत्येकमा फरकफरक सीप रहदा रहदै पनि साेचे अनुसारको काम र गतिविधिहरू बढाउन नसकीएकाेले पनि विद्यालयबाट दिने शिक्षासंगै घरायसी सीप,संस्कार संस्कृति एवं नैतिक शिक्षाका कुरालाई पनि अभिभावकहरूले घरमै केही सिकाइकाे अभ्यास गराउन जरुरी रहेको उहाँले भन्नुभयो । शिक्षा शाखा प्रमुख खनालले उनीहरूलाई सिकाउन जरुरी भएको हुँदा पढ्दै सिक्दै ,सिक्दै पढ्दै कार्यक्रमलाई याे विद्यालयबाट सुरुवात गरिएको कार्यक्रम अभियानकै रूपमा नियमित सञ्चालन गर्ने तयारी सहितको योजना बनाएको जानकारी दिनुभयो ।

कार्यक्रममा रिब्दिकोट गाउँपालिका ४ नम्बर वडा अध्यक्ष एवं अतिथि सोमबहादुर कार्कीले यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यालय शिक्षासँगै सीप सिकाएर पेशा व्यवसाय गर्न सक्ने बनाउने र त्यही अनुसारको जनशक्ति तयार गरि राज्यकाे आवश्यकतालाई पूरा गर्न र स्वदेशमै टिक्न सक्ने गरि शिक्षा दिनुपर्ने बताउँदै राज्यले चाहेको जुनसुकै बेलामा उक्त जनशक्ति खट्न सक्ने गरि विद्यालयले शिक्षा प्रदान गर्नुपर्ने भन्दै वडाअध्यक्ष कार्कीले त्यही अनुसारको वातावरणमा सीपमूलक शिक्षा र प्रविधि सहित उत्पादनमा जाेड्न सक्नुपर्ने बताउँनुभयाे । कार्यक्रममा भैरव जनता माविका पूर्व प्रधानाध्यापक तिलक राम पाैडेलले विगत पन्ध्र वर्ष अग्रेजीमा प्रथम र बाेर्ड परीक्षामा नवाैँ स्थान हासिल गरेको याे विद्यालय फेरि एउटा लयमा फेरिदै नयाँनयाँ याेजना सहित प्रविधि र सीपयुक्त शिक्षासंगै विद्यालयले शिक्षा सुधार कार्यक्रम ल्याउनुमाआफु हर्षित भएको बताउँदै पूर्व प्रधानाध्यापक पाैडेलले विद्यालयकाे शैक्षिक भविष्य फेरि सुन्दर बन्दै गएको शैक्षिक पठनपाठनमा समेत अव्बल बन्दै गएको बताउँनुभयाे। विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं जेष्ठ सदस्य तेजकुमार श्रेष्ठकाे अध्यक्षता भएको कार्यक्रममा निमित्त प्रधानाध्यापक सुरेशप्रसाद गाैतमले कार्यक्रमकाे गर्नुको औचित्य प्रष्टाउनुका साथै स्वागत गर्नुभएको थियोे । शिक्षक टिकाराम ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *