भैरव मन्दिरकाे गणेश ,दियो कलश स्थापना गर्दै घटस्थापना पूजा सहित भैरव सहस्रानाम बटुक भैरव र सप्तचण्डी पाठ

पाल्पा, रिब्दिकाेट गाउँपालिका भैरवस्थानमा रहेको भैरवनाथ मन्दिर व्यवस्थापन समितिले आश्विन शुक्लपक्ष प्रतिपदाकाे दिन गणेश दियो कलश स्थापना गरी जमरा राख्दै घटस्थापना शक्ति स्वरूपा महाकाली,महालक्ष्मी, महासरस्वती र भैरव सहस्रनाम बटुक भैरव पाठ,सप्तचण्डी पाठ शिव महापुराण पाठपारायण सहित नवदुर्गाकाे पूजापाठ गरिने छ ।

आश्विन शुक्लपक्ष प्रतिपदा दिनदेखि दशैंकाे नवरात्र सुरु भएसंगै भैरवनाथकाे विशेष पूजाआजा सहित श्रद्धालु भक्तजनकाे इच्छा अनुसार भाकल गरिएका वलीलाई संङ्कल्पद्वारा मन्साइ पूजा गर्ने र नवकन्या पूजा र खुवाउने अनुसारको परम्परागत विधि विधान अनुसारको पूजाआजा सहितको नवग्रह शान्ति लगायत पूजापाठ गरिने त्यसका लागि नवदुर्गाभर विशेष पण्डितहरूकाे व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष गाेविन्द बहादुर पाेखरेलले बताउनुभयो ।

आश्विन शुक्लपक्ष प्रतिपदा देखि विजयादशमीको पहिलो दिन दियो कलश स्थापना गरी गणेश पूजा घटस्थापना र मन्दिरको नित्य पूजापाठ सहित विशेष पूजा हुने भएकोले मन्दिरमा आउने श्रद्धालु भक्तजनकाे पूजा मन्दिरको आफ्नो पूजा सकिएपछि भक्तजनकाे पूजापाठ हुने भएकोले घटस्थापनाकाे पहिलो दिन बिहान ८ बजेपछि मात्र श्रद्धालु भक्तजनकाे पूजा हुने मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *