मनोक्रान्तिका अभियान्ता योगी डा. विकासानन्द बुटवल आउदै

बुटवल रूपन्देही, विश्व परिवार विकासानन्द फाउन्डेसन मोनोक्रान्ति नेपालका अभियान्ता डा. योगी विकासानन्द बुटवल आउनुहुने भएकाेछ । बुटवलमा यहि जेठ १३ गते हुन लागेकाे मनाेक्रान्ति प्रवचन र योग,ध्यान विविध लगायतका विषयमा कार्यक्रम गर्ने गरी डा.विकासानन्द बुटवल आउन लाग्नु भएको हाे ।

विश्व परिवार विकासानन्द फाउन्डेसन बुटवलकाे आयोजनामा हुन लागेकाे मनाेक्रान्ति प्रवचन र याेग ध्यान कार्यक्रममा बुटवल योगीकुटीमा रहेको होटल फेमिङ्गमा हुने एक दिने मनाेक्रान्ति ध्यान शिविरमा मनाेक्रान्ति अभियन्ता डा.विकासानन्द आउँन लाग्नु भएको हाे। बुटवलकाे याेगीकुटी हाेटल फेमिङ्गमा बिहान देखि साँझसम्म हुने एक दिने मनाेक्रान्ति ध्यान शिविरको तयारी पुरा भएसंगै विश्व परिवार विकासानन्द फाउन्डेसन अध्यक्ष एवं मनाृक्रान्ति अभियन्ता डा.याेगी विकासानन्द बुटवल आउन लाग्नुभएको हाे। बुटवल संयोजक लिला गौतमले जानकारी दिनुभयाे । उहाँले शिविर सम्वन्धि जानकारी दिन बुटवलमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताउँनुभएको हाे। पत्रकार सम्मेलनमा संयोजक गौतमले डा. विकासानन्दले विहान देखि साँझसम्म जेठ १३ गते शनिवार सम्म योग, ध्यान,मनाेक्रान्तिकाे ज्ञान बारेमा शिविर आयोजना गर्नुहुने मनाेक्रान्ति प्रवचन दिने र याेग ध्यान सिकाउने उहाँले बताउँनुभयाे । शनिवार आयोजना गरिएको उक्त शिविरमा सहभागीता हुनका लागि पाँच सय रुपैयाँको टिकट व्यवस्थापन गरिएको भन्दै उहाँले शिविरमा सहभागीहरुलाई सोही टिकटबाट उठेको रकमले खाना खाजाको ब्यवस्था गर्ने जानकारी समेत गराउँनुभएको छ ।

योगी विकासान्द बुटवलमा यस्तो प्रकृतिको कार्यक्रममा पहिलो पटक आउन लाग्नुभएको हाे। विश्व परिवार विकासानन्द फाउन्डेसन रुपन्देहीमा एक सय भन्दा बढि सदस्यहरु आवद्ध रहेकाेले दुई चरणमा आयोजना हुने शिविरमा विहान देखि दिउँसो योगा, ध्यानको कार्यक्रम राखिएको छ भने दिउँसो देखि साँझको मनोक्रन्तिको विषयमा प्रबचनको कार्यक्रम राखिएको जानकारी संयोजक गौतमलले दिनुभयो। कार्यक्रममा एक हजार भन्दा बढिको सहभागिता रहने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *