माओवादी केन्द्रका गाउँ तथा नगर अध्यक्ष एमालेमा प्रवेश

गुल्मी,नेकपा माओवादी केन्द्रका गाउँ तथा नगर अध्यक्ष नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशकाे गुल्मी जिल्लाकाे तम्घासमा भएको दोस्रो अधिवेशन उद्घाटनकाे अवसरमा माओवादी केन्द्र चन्द्रकोट गाँउकमिटी अध्यक्ष नवीन केसी र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल एमालेमा प्रवेश गर्नुभएको हाे । कार्यक्रम उद्घाटन सत्रमा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व गृह मन्त्री रामबहादुर थापा “बादल” ले माला तथा खादा लगाएर उहाँलाई स्वागत गर्नुभएको थियोे ।

लाेकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीकाे अधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहनुभएका थापाले उहाँलाई नेकपा एमालेमा प्रवेश गराउँदै मुलधारकाे राजनीति गर्ने भनेको एमाले रहेकोले अब अन्य वामपन्थीहरू पनि एमालेकाे मुलप्रवाहकाे राजनीतिमा समाहित भएको काम गर्नुपर्ने बताउँनुभयाे।नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेताद्वयले एमालेमा प्रवेश गरेसंगै केसीले अब नेकपा एमालेको मुल प्रवाहमा रहेर एकीकरण र पार्टीले दिएको जुन सुकै जिम्मेवारी पूरा गर्ने उद्घोष सहित प्रतिबद्धता व्यक्त गर्नुभएको थियाे ।अब कम्युनिष्ट शक्ति एक हुनुपर्छ भन्ने उद्धेश्यले आफुले दवाव दिनका लागि एमाले प्रवेश गरेको नेता केसीले बताउँनुभयाे । उहाँले नेकपा माओवादी केन्द्रमा कम्युनिष्ट नेताहरु मिल्ने फुट्ने प्रवृत्तिले गर्दा उक्त पार्टीका नेता कार्यकर्तामा काम गर्ने उत्साह घटदै गएकाले अब एकजुट हुनुपर्छ भन्ने मान्यताले यस्तो निर्णय आफुले गरेको बताउँनुभयाे ।उहाँहरूलाई नेकपा एमालेमा प्रवेश गराउन नेकपा एमालेका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभाका सदस्य तथा पूर्व गुल्मी जिल्ला ईन्चार्ज दिनेश पन्थी र नेकपा एमाले केन्द्रीय सदस्य एवं चन्द्रकोट, कालीगण्डकी,सत्यवती गाँउपालिका एवं मुसिकोट नगरपालि ईन्चार्ज गणेश खनालले सहजिकरण सहित मुख्य भुमिका निर्वाह गर्नुभएको थियाे ।

यसै गरी आगामी दिनमा आफु ईन्चार्ज रहेका गाँउपालिका एवं नगरपालिकाका अन्य दलहरूका नेता कायकर्तालाई समेत नेकपा एमाले प्रवेश गराउने दृढ संकल्प साथ अगाडी बढेको नेता खनालले बताउँनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *