माण्डव्य ऋषिकाे रथयात्रा गरिने

नवराज ज्ञवाली,

पाल्पाको तानसेन नगरपालिका-९ , दमकडा, माडीमा अवस्थित माण्डव्य मन्दिरकाे माण्डब्य ऋषि आश्रमबाट बैशाख बुद्ध पूर्णिमाकाे दिन रथयात्रा गरिने भएको छ । माण्डव्य ऋषिकाे पवित्र तपाेभूमि रहेको स्थललाईप्रचारप्रसार गर्नका लागि र माडीमा जग्गा स्वामित्व भई माडीको अन्न खाने माण्डव्य गाेत्रका ज्ञवाली रभण्डारी दुवै थरका माण्डव्य ऋषिका सन्ततिलाई आफ्नो कुल बंशकाे रक्षा गर्न माडीको मानव तीर्थ स्थलकाे रूपमा रहेको यस पवित्र तपाेभूमिमा आई तीर्थाटन गर्नुपर्ने मान्यता रहिआएकोले महामुनिमाण्डव्य ऋषिकाे यस धर्तीमा पदार्पण भएको पवित्र दिन बैशाख पूर्णिमाकाे अवसरमा रथयात्रा गर्न लागिएको पण्डित विश्वराज पाैडेलले बताउँनुभयाे।

तानसेन नगरपालिका वडा नं. ९ , का वडा अध्यक्ष राजेश कुमार अर्यालकाे संयाेजनमा गर्न लागिएको माण्डव्य ऋषिकाे रथयात्राले यस क्षेत्रकाे विकास र मानव कल्याणका निम्ति अपरिहार्य तीर्थ गर्नुपर्ने माडी माण्डव्य तपाेभूमिलाई धार्मिक साँस्कृतिक रूपमा विकास गरि मानव जीवनकाे रक्षाका लागि  यस पवित्र स्थलकाे तीर्थाटन हुनुपर्ने शास्त्रिय एवं  धार्मिक मुल्यमान्यता रहि आएकोले प्रचारप्रसारका लागि माण्डव्य ऋषिकाे रथयात्रा गर्न लागिएको वडाअध्यक्ष अर्यालले बताउँनुभयाे।

तानसेन नगरपालिका सुन्दरगाउँ बस्नुहुने बाबुराम ज्ञवालीले श्रीमद्भागवत गीतामा समेत उल्लेख भएको माण्डब्य ऋषिकाे वर्णन अनुसार पनि सन्त माण्डब्य ऋषि आश्रममा ध्यानमा रहदा कुनै एक दुष्ट मन भएको ब्यक्ति आएर आफुले चाेरी गरिल्याएको सामग्री छाेडी गएको र त्यसलाई आधार बनाएर ऋषिलाई चाेरीकाे आराेप लगाई कुटपिट गरि छाेडीदिएकाेले ऋषिले माडीको पूर्व दक्षिणभेग सरावकाेट भन्ने स्थान रहेको र त्यस ठाउँमा उत्पादन भएको अन्न खाने मानिसहरूको बुद्धि पछिबाट आओस् श्राप दिएकाले अहिले पनि यस क्षेत्रमा बसाेवास गर्ने मानिसले आफ्नो सन्तान जन्मिए पछि अन्नप्रासन भातखुवाईमा माडीको सेरोफेरोमा उत्पादन अन्नकाे प्रयाेग गर्दैनन् भन्दै ज्ञवालीले माण्डब्य ऋषिका सन्तान हामीले कर्मका लागि जुनसुकै ठाउँमा गएर बसेपनि हाम्रो पूर्खाकाे तपाेभूमि स्थलमा आई एक माना चामलको राेट, एक माना चामल र एक सय एघार रूपैयाँ कम्तीमा चढाउने सक्नेले आफ्नो इच्छा अनुसारको चढाउन सकिने बताउँदै उहाँले यस पवित्र कार्यमा सहभागी भएर पुण्य कामाउँन अनुराेध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *