माथागढीकाे चिदीपानीमा तीज गीत प्रतियोगिता हुने

पाल्पा, माथागढी गाउँपालिका- १ चिदीपानीमा भदौ २५ गते तीज गीत प्रतियोगिता आयोजना हुने भएको छ ।
महिला उत्थान गाउँ समन्वय समिति चिदीपानीको बैठकले तीज गीत प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
सिता गिरीको अध्यक्षतामा बसेकाे बैठकमा माथागढी-१ का वडाध्यक्ष राजकुमार पन्थीको प्रमुख आतिथ्यतामा भएको हो ।

बैठकमा वडासदस्य टोलबहादुर मश्राङगी, तुल्सा न्यौपानेको विशेष उपस्थिति रहेको थियो । महिला उत्थान गाउँसमन्वय समितिकाे बैठकले २५ गते सोमबार चिदीपानी स्तरिय खुल्ला तीज गीत प्रतियोगिता कार्यक्रम गर्ने निर्णय गरेको हो । प्रतियोगितामा सहभागी समूहले तीज गीतमा सहभागी हुँदा माथागढी- १ चिदीपानीकाे भएको हुनुपर्ने ,वडाले गरेका विकास निर्माणका काम र वडा कार्यालयबाट हुने सेवा प्रवाहकाे बारेमा आधारित हुनुपर्ने छ । समूहमा पाँच देखि सातजनाको टिम सहभागिता सहित बाद्यबादक आफैले व्यवस्थापन गर्नुपर्ने निर्णय भएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार दोस्रो हुनेलाई चार हजार र तेस्रो हुनेलाई तीन हजारका साथै सान्त्वना हुने समूहले एक हजार पाँच सय प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागीता जनाउने समूहलाई एक हजार पुरस्कार स्वरुप दिने निर्णय गरेको महिला उत्थान गाउँसमन्वय समितिले जनाएको छ ।

बैठकमा वडाध्यक्ष पन्थीले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना हुने प्रतियोगिताले वडाको विकास र गर्नुपर्ने काम बारे जानकारी हुने बताउनुभयो । बैठकमा वडाअध्यक्ष पन्थीले प्रमुख अतिथिकाे मन्तब्य राख्दै नागरिकले भोग्नु परेको समस्या र वडाबाट भएका असल अभ्यासहरु समेत गीतका माध्यमबाट बाहिर आउने विश्वास आफुले लिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *