माथागढीकाे चिदीपानीले गर्‍याे अनलाइन सिफारिस सेवाकाे सुरु

नवराज ज्ञवाली पाल्पा, जिल्लामै पहिलो पटक माथागढ़ी गाउँपालिकाकाे वडा कार्यालय चिदीपानीले अनलाईन सिफारिस प्रणाली शुभारम्भ गरेको छ । वडाबाट सुरु गरिएको अनलाइन सेवाबाट जग्गाकाे नामसारी याेजना सम्झौता ,नाता प्रमाणित , नागरिकता सम्बन्धी लगायत वडाबाट हुने सबै सिफारिसहरु अनलाइन हुने गरि सेवा सुरु गरिएको छ। वडाले Annual Income Verification (बार्षिक आयश्रोत प्रमाणिकरण)’उद्योग/फर्म दर्ता सिफारिस, जन्म/मृत्यु प्रमाणित ,आय-व्यय प्रमाणित लगायत यो अनलाइन सिस्टमद्वारा विभिन्न प्रकृतिका सिफारिसहरु छिटोछरितो गर्न सकिने व्यवस्था रहेको जानकारी वडाअध्यक्ष राजकुमार पन्थीले गराउँनुभयो । साथै वडा कार्यालयबाट जारी सिफारिस पत्रको केन्द्रिय विद्युतीय अभिलेखीकरण हुने, सेवाग्राहीले अनलाईन मार्फत निवेदन बुझाउन सकिने व्यवस्था रहेको छ। जसले गर्दा सेवाग्राहीको डाटाबेस बिस्तार भई सेवा प्रवाह छिटो छरितो हुने र विश्वसनीय एवं प्रभावकारी सेवा सम्पादन हुने विश्वास वडा कार्यालयले लिएको छ।

प्रविधिको प्रयोग गरी पेपर-लेस सेवा प्रवाहको दिशामा महत्वपुर्ण खुड्किलो हुने वडाअध्यक्ष पन्थीले कुराकानीमा बताउँनुभएकाे हाे ।यो सेवा प्रयोग गर्न को निम्ति सम्वन्धित सेवाग्राहीहरूले URL https://sifarish.ibis.com.np/login मा क्लिक गरेर लिन सकिने जानकारी वडा सचिब राजु ज्ञवालीले गराउँनुभयाे ।त्यस्तै माथागढी गाउँपालिकाकाे चिदीपानी वडाबाट सुभारम्भ गरिएको अनलाइन सेवाको पहिलो सेवाग्राहीकाे रूपमा वडाले केशबहादुर सिङ्जालीलाई सेवादिदै सिफारिस प्रदान गरिएको छ्। कार्यक्रममा कर्यपालिका सदस्य तुल्सा न्यौपाने वडा सदस्य डुकुलबहादुर गाहा इन्जिनियर निवेश किरण अधिकारीको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *