माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्तीर्ण विद्यार्थीहरूलाई तिनाउकाे तिलाेत्तमा माविले गर्‍याे सम्मान

पाल्पा, तिनाउ गाउँपालिका -३ मा अवस्थित तिलोत्तमा माविले २०७९ सालको एसईई परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सहित सम्मान गरिएको छ । विद्यालयबाट २०७९ सालको एसईई परीक्षामा सहभागी भई परीक्षामा उत्तीर्ण ४६ जना विद्यार्थी र अभिभावकहरूलाई एक कार्यक्रमकाे आयाेजना गर्दै बधाई ज्ञापन सहित सम्मान गरिएको हो ।

तिलाेत्तमा माविले आयोजना गरेको विद्यार्थी तथा अभिभावक बधाई तथा सम्मान कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्दै तिनाउ गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले तिनाउको शैक्षिकस्तर सुधारका लागि तिनाउ गाउँपालिका लागि परेको उहाँले बताउनुभयो। गाउँपालिकाको शैक्षिक विकासलाई मुख्य प्राथमकितामा राखेर काम गरिरहेको बताउदैं उपाध्यक्ष थापाले स्थानीय विद्यालयमा नै उच्च शिक्षा हासिल गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । उहाँले तिनाउ गाउँपालिका वडा नम्बर – ३ क वडा अध्यक्ष चित्र बहादुर थापाले विद्यार्थीको हौसला प्रदान गर्न र शैक्षिक गुणस्तर सुधारका लागि २.८० भन्दा माथि जीपीए प्राप्त गर्ने विद्यार्थीको भर्ना शुल्क वडा कार्यालयले व्यहोर्ने बताउनुभयो।

विद्यालय व्यस्थापन समितिका अध्यक्ष टंकनाथ बश्यालले सम्मान तथा बधाई कार्यक्रममा बाेल्दै उहाँले विद्यालयकाे शैक्षिक अवस्थामा सुधारका लागि समिति लागिपरेको बताउनुभयो। अध्यक्ष बश्यालले यस क्षेत्रको उत्कृष्ट शैक्षिक संस्था बनाउने योजना अनुसार काम अघि बढेका कारण आफ्नै विद्यालयमा भर्ना हुन विद्यार्थीलाई आग्रह समेत गर्नुभयो।

विगत ४ वर्ष देखि प्राविधिक शिक्षा अन्तर्गत लुम्बिनी प्रदेशमा प्री डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिङ्ग विषयमा सर्वोत्कृष्ट नतिजा दिन सफल बिद्यालयमा प्राविधिक शिक्षाको महत्त्व र उपलब्धिको बारेमा प्रशिक्षक अभिषेक गिरि र किशन अर्यालले भिडियो सामग्री प्रस्तुत गर्नुभएको थियो।

बधाई तथा सम्मान कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै विद्यालयका प्राचार्य झबिन्द्र ज्ञवालिले विद्यार्थीले एसईईमा हासिल गरेको नतिजाले सिंगो विद्यालय परिवार खुशी भएको उल्लेख गर्नुभयो । प्राचार्य ज्ञवालीले प्राविधिक धारतर्फ लुम्बिनी प्रदेशमै प्रथम भएको उल्लेख गर्दै हरेक क्षेत्रमा अब्बल बनाउन मेहनत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्व अध्यक्ष, सल्लाहकार नारायण थापा, गोबिन्द पाण्डे लक्ष्मी प्रसाद बश्याल लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । शुभकामना तथा बधाई कार्यक्रम विद्यालय व्यवस्थापन समिति शिक्षक प्रतिनिधि, शिक्षक शिव पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *