माेहन कन्याकाे किशोरीहरूलाई आत्मरक्षा सीप विकास तालिम

पाल्पा, माेहन कन्या माध्यमिक विद्यालय तानसेनले किशोरीको सुरक्षा एवं आत्मरक्षाका लागि एक महिने आत्मरक्षा तथा सीप विकास तालिम सुरू गरेको छ ।सामाजिक विकास डिभिजन कार्यालय, पाल्पाको आयोजनामा र माेहन कन्या माध्यमिक विद्यालयकाे समन्वयमा किशोरीलाई आत्मरक्षाका लागि सीप विकास तालिमको आयोजना गरिएको सामाजिक विकास डिभिजन कार्यालयका पाल्पाका प्रमुख गौतमले बताउँनुभयो । उहाँले तालिममा सहभागी किशोरीहरू लाई आत्मरक्षा र सुरक्षाका लागि दिइने तालिम अतिरिक्त स्वस्थ रहन र स्वस्थ्य शरीर, स्वस्थ विचारकाे विकासका लागि तालिम उपयुक्त हुने भएकाले पनि शारीरिक एवं शैक्षिक विकासमा याे तालिमले सहयोग पुर्‍याउने धारणा व्यक्त गर्नुभयो ।

किशोरीहरू माथि हुने हिंसाबाट बच्न , हिंसाको प्रकारहरूबारेमा सचेतना फैलाउन र आफू माथी आक्रमण भएमा कसरी प्रतिरक्षा गर्ने भन्ने विषयमा शारीरिक तथा सैद्धान्तिक विषयमा याे तालिम प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दिपक ज्ञवालीले जानकारी दिनुभयो । उहाँले अहिले महिला हिंसा हुनुको कारण, कानुनी उपचारकाे जानकारी र घटना भइहाले कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा बालिका तथा किशोरीहरूलाई शारीरिक एवं मनो वैज्ञानिक परामर्श समेत याे तालिमबाट प्रदान गरिने बताउँनुभयाे । प्रधानाध्यापक ज्ञवालीले विद्यालयलाई यो कार्यक्रमका लागि छनोट गरिएकोमा सामाजिक विकास डिभिजन कार्यालयलाई धन्यवाद ब्यक्त गर्दै तालिम सञ्चालनकाे क्रममा आवश्यक पर्ने सहयोग आफ्नोतर्फबाट हुने बताउँनुभयो ।किशोरीहरूकाे एक महिने आत्मरक्षाका लागि गरिने तालिमको सहजीकरण प्रशिक्षक वीरबहादुर कुमालले गर्नुहुनेछ । तालिमको याे अवधिमा विद्यालयबाट तीस जना छात्राहरूकाे सहभागीता रहने विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *