मिसन अस्पतालमा नाक कान र घाँटीको उपचार सेवा सुुरु

पाल्पा, तानसेन नगरपालिका-१ भुषालडाँडा रहेको युनाइटेड मिसन अस्पतालले विशेषज्ञ सहितको नाक कान र घाँटी राेग (ENT) को उपचार सेवा सुुरु भएको छ । वि.सं.२०११ सालमा स्थापना भएको अस्पतालले अन्य राेगहरूकाे उपचार सेवा दिर्दै आएता पनि अस्पतालले औपचारिक रुपमा नाक कान र घाटी (ENT) को उपचारलाई भने भर्खरै सुुरु गरेको हो ।

युनाइटेड मिसन अस्पतालले सुुविधा सम्पन्न भौतिक संरचना र विशेषज्ञ चिकित्सक सहितको नाक कान र घाटी ( ENT) काे भर्खरै मात्र सेवा दिन थालेको हस्पिटलका प्रमुख प्रशासकिय अधिकृत जीवन भट्टराईले बताउनुभयाे।उहाँले भन्नुभयो दस दिन अघि देखि नै ( ENT) उपचार सेवाको आन्तरिक तयारीकाे काम हुँदै आएता पनि हामीले विहीबारदेखि औपचारिक रुपमा सेवाको थालनी गरेका हौं ।’ उहाँले भन्नुभयो । अब अस्पतालमा आउने बिरामीले नाक कान मुख र घाँटीको छुुट्टै जाँच गराउन चाहेमा सेवाग्राहीले सिधै उपचार सेवा पाउने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताउँनुभयाे । अस्पतालले सुरु गरेको नाक कान घाँटी राेग विशेषज्ञ सहितको सेवाकाे पहिलो दिन तानसेन नगरपालिका-१ का वडा अध्यक्ष सुुनिल बस्याल र मिसन अस्पताल निर्देशक डा.रचेल कारखले संयुक्त रुपमा सेवा शुुभारम्भ गर्नुभएकाे हाे। सेवाको शुुभारम्भ गर्नुहुँदै प्रमुुख अतिथि एवं वडा अध्यक्ष बस्यालले अस्पतालले (ENT) सेवा दिन थालेकोमा खुसी व्यक्त गर्नुभयाे । उहाँले यस क्षेत्रमा प्रभावकारी (ENT) सेवा नहुँदा विरामीहरु बाहिर गएर ठूला र महँगा अस्पतालमा उपचार गराउनुुपर्ने बाध्यता रहेकोमा यहाँबाट प्राप्त हुने त्यो अन्त्य गर्नेमा विश्वास लिएको बताउँनुभयाे । उहाँले लामो इतिहास बोकेको मिसन अस्पतालले दिर्दै आएको सेवा अत्यन्त प्रभावकारी र भरपर्दो रहेको उल्लेख कुरालाई गर्दै अध्यक्ष बस्यालले आगामी दिनमा समेत सेवालाई थप गरि सबै प्रकारका राेगका विरामीहरुको उपचारका लागि थप नयाँ-नयाँ सेवाहरु दिन अस्पताललाई आग्रह गर्नुभयाे । मिसन अस्पताल निर्देशक डा.रचेल कारखले विरामीहरुको सेवालाई मध्ये नजर गर्दै अस्पतालबाट समयअनुसार सेवाहरु थप गर्दै लगेको उहाँले बताउँनुभयाे । आगामी दिनमा अन्य सेवाहरु थप्दै जाने उल्लेख गर्नुहुँदै सेवा शुुभारम्भकाे पहिलो दिन रम्भा गाउँपालिका -५ की खिमिसरा दर्लामीले पहिलो विरामीको रुपमा कानको उपचारको सेवा लिनुभएकाे छ । अस्पतालमा सुरु भएको नाक कान घाँटी र मुखको सेवामा आफू पहिलो विरामी हुन पाएकोमा आफुुलाई अत्यन्त खुसी लागेको दर्लामीले बताउनुभयाे ।

कार्यक्रममा भूूषालडाँडा टोल विकास संस्थाका अध्यक्ष जयराम सापकोटाले ढिलै भए पनि अस्पतालले (ENT) को उपचार सेवा सुुरु गरेकोमा खुुुुसी व्यक्त गर्नुहुँदै भन्नुभयो सेवालाई चुस्तदुस्त र प्रभावकारी बनाएर लैजान आग्रह समेत गर्नुभयो । उहाँले नाक कान घाँटी र मुखको उपचार सेवामा कुनै कमी नहुन दिनलाई विरामीकाे गुणस्तरीय सेवा प्रवाह अस्पताललाई सफलता मिल्ने बताउँनुभयाे। त्यस्तै मिसन अस्पताल नर्सिङ सुपर भाइजर गंगा जिरेलले अस्पतालले सुरु गरेको याे सेवाबाट सेवाग्राहीहरूकाे पूर्ण सन्तुष्टि रहनेमा आफुले विश्वास गरेको बताउँनुभयाे । मिसन अस्पतालका डा.अशोक अर्यालले भर्खरै सुरु गरेको ENT सेवा लिन आउने विरामीहरूको सेवामा २४ सैं घण्टा सर्मपित भएर लाग्ने उहाँले बताउँनुभयाे । कार्यक्रममा कर्मचारी प्रबन्धक गणेश घिमिरे, कर्मचारी युनियनका अध्यक्ष झविलाल पाण्डे, अस्पताल विभिन्न विभागका इन्चार्ज र कर्मचारीहरुको समेत सहभागीता रहेको थियो । कार्यक्रम अस्पताल सुपरिटेण्डेन्ट वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.तुलबहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *