मिसन अस्पताल तानसेनको २४ औं साधारणसभा सम्पन्न

नवराज ज्ञवाली पाल्पा, युनाइटेड मिसन अस्पताल तानसेन, पाल्पाले २४ औँ वार्षिकोत्सब सम्पन्न गरेको छ । २४औँवार्षिकोत्सब कार्यक्रममा अस्पतालकाे निर्देशक डा.रचेल कारखले अस्पतालको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुहुँदै यस आर्थिक वर्ष २०७९/०८०मा अस्पतालबाट १ लाख ५ हजार ९ सय २जना बिरामीहरूले सेवा लिएको प्रस्तुत प्रतिवेदनमा जानकारी गराउनुभयो ।

उहाँले अस्पतालबाट एक वर्षको अवधिमा २ हजार ३ सय ७३ जनाले प्रसुती सेवा लिएको बताउँनुहुँदै उहाँले अस्पतालकाे सेवा आधुनिक प्रविधि थप गर्दै गुणस्तरीय एवं जनमुखी भई सेवा दिदै आएकोले पनि अस्पतालकाे उपचार सेवा समय सापेक्ष प्रदान गर्दै आएको जानकारी गराउँनुभयो । वार्षिकोत्सब उहाँले यस अस्पतालमा पाल्पा गुल्मी सहित बाह्र जिल्ला भन्दा बढी एवं भारतका विभिन्न स्थानहरुबाट समेत उपचारकै लागि यहाँ बिरामीहरु आउने गरेको बताउँनुभयो ।

अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले अस्पतालले याे १ वर्षको अवधिमा १ करोड ५९ लाख ९८ हजार ९ सय ९१ रुपैयाँ बरावरको सेवाअति विपन्न गरिब परिवारका बिरामीहरु लाई प्रदान गरिएको जानकारी गराउनुभयो । उहाँले अस्पतालमा स्थगन अवस्थामा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने बिषयमा छलफल भइरहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि युनाईटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभलप्मेन्ट ट्रष्ट अस्पताल सेवा निर्देशक युवराज आचार्यले यो अस्पतालमा छिटै दुई सय शैया बनाइने र भविष्यमा तीन सय शैयासम्मको अस्पताल बनाउने योजना रहेको बताउनुभयो । उहाँले अस्पतालमा बिभिन्न क्षेत्रका बिशेषज्ञ सहित सेवा प्रवाह भएकै कारण बिरामीहरुको मन जित्न सफल भएको उहाँले बताउनुभयो । स्वास्थ्य बीमा बोर्डबाट प्राप्त हुन बाँकी रकम समयमा प्राप्त हुन नसक्दा अस्पतालमा आवश्यक उपकरण थप गर्न समस्या भएको बताउनुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथि लुम्बिनी प्रदेशसभा सदस्य खेम सारुले अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको निरन्तरताको विषयमाआफु पनि लागि परेको बताउँनुहुँदै उहाँले अस्पताललाई थप ब्यवस्थित बनाउने विषयमा नीतिगत तहमा आफूले सक्ने सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरी, तानसेन वडा नं. १ का वडाध्यक्ष सुनिल बस्याल, पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, नेपाल रेड्क्रस सोसाइटी पाल्पाका सभापति बावुराम कार्की, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले शुभकामना मन्तव्य ब्यक्त गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सल्लाहकार समितिका अध्यक्ष टंकनाथ खनालको अध्यक्षता र अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईकाे स्वागत एवं अस्पतालका कर्मचारी प्रवन्धक गणेशप्रसाद घिमिरेकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *