मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम रिब्दीकाेटले पनि सञ्चालन गर्ने

पाल्पा, नयाँ उद्यमी र उत्पादमा वृद्धि सहितको राेजगारी सिर्जना गर्ने उदेश्यले मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम सुरु हुने भएको छ। प्रदेश सरकारकाे मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गतकाे कार्यक्रम सञ्चालनका लागि माग गरिएको प्रदेशको प्रस्ताव आव्हानमा छनाैटमा परेपछि रिब्दीकाेट गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गर्ने भएको हाे।

लुम्बिनी प्रदेश सरकारबाट नवप्रवर्तन कार्यक्रमलाई माग भएको प्रस्तावमा रिब्दीकाेट गाउँपालिका पनि छनाैटमा परेपछि उक्त कार्यक्रम सञ्चालन गर्ने जानकारी गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गराउनुभयाे। लुम्बिनी प्रदेश सरकारकाे मुख्यमन्त्री नवप्रवतन साझेदारी कार्यक्रमलाई पाल्पाको रिब्दीकाेट र तिनाउ गाउँपालिकाले कार्यक्रम सञ्चालन गर्ने छन्।कार्यक्रमले नयाँ उद्यमी र उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्न ल्याएकोले पनि कार्यक्रम सञ्चालनले अधिकतम् स्थानीय जनता लाभान्वित हुने विश्वास गाउँपालिकाले गरेको छ।

रिब्दीकाेट गाउँपालिकाले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममा अकबरे खुर्सानी,बेसार र सुन्तलाकाे शृङ्खलामुल्य विकास कार्यक्रम सञ्चालन गर्ने छ। लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि स्थानीयतह सँग प्रस्तावआह्वान गरिएकाेमा प्रस्ताव अनुसार नै कार्यक्रममा छनाैट भएका पालिकाहरूमा स्वीकृत कार्यक्रम अनुसार आवमा कार्यक्रम सञ्चालनलाई रू.१८कराेड ६०लाख रकम प्रस्ताव गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव निराजन घिमिरेले जानकारी दिनुभयो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सचिव घिमिरेले भन्नुभयो ।

छनोट भएका पालिकालाई कार्यक्रम सञ्चालनका लागि रू. १८ करोड ६० लाख रकम प्रस्ताव गरिएको छ । जस मध्ये रू. १० करोड ८८ लाख प्रदेश सरकारबाट र रू.७ करोड ७१ लाख रूपैयाँ स्वयं पालिकाले बेहोर्नु पर्नेछ उहाँले भन्नुभयो । सचिव घिमिरेले लागत सहभागिताको आधारमा कार्यक्रम सञ्चालन गरिने समेत जानकारी गराउनुभयाे।नवप्रवर्तन कार्यक्रममा छनोट भएका पालिकाहरूमा कृषि, फलफूल,तरकारी क्षेत्रमा पाँचवटा,उत्पादन रोजगार सम्बन्धी तीनवटा,पर्यटन सम्बन्धी दुई र सेवा प्रभावकाे क्षेत्रमा एक क्षेत्र रहेका छन् उहाँले बताउनुभयो ।

मन्त्रीपरिषद्काे निर्णय भएसँगै अब कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्ने प्रदेश सरकारले जनाएको छ ।मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि ६० वटा स्थानीयतहहरूले आ-आफ्नो योजना सहितकाे प्रस्ताव पेस गर्नुभएको थियोे । प्रदेश सरकारले प्रस्ताव पेस गर्न गत माघ १५ गते सूचना प्रकाशित गरी ३० दिनको समय दिएको थियो । साेही अनुसार प्रदेशका १०९ पालिकाहरू मध्येबाट ६० वटा पालिकाले मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेस गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव घिमिरेले जानकारी गराउनुभयाे।

उहाँले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममा युवाको नयाँ योजनालाई सहयोग पुग्ने उहाँको भनाइ राख्दै अहिले भइरहेको काम भन्दा नयाँ तरिकाले गरिने कामलाई प्राथमिकता दिइएको र जसले केही नयाँपन ल्याउनमा सहयोग पुग्ने अपेक्षा लुम्बिनी प्रदेश सरकारको गरेको छ । मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमले युवालाई प्राथमिकता दिएर अघि बढ्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *