यम्घा स्वास्थ्य इकाई र चिर्तुङ्गधारा स्वास्थ्य चाैकीकाे भवन अध्यक्ष चिदीद्वारा उद्घाटन

पाल्पा, बगनासकाली गाउँपालिकाको यम्घा स्वास्थ्य इकाईमा निर्माण गरिएको भवन र चिर्तुङ्गधारामा निर्माण भएको स्वास्थ्य चाैकी भवनलाई एकैसाथ उद्घाटन गरिएको छ । गाउँपालिकाकाे यम्घामा रहेको स्वास्थ्य ईकाइ केन्द्र भवन र चिर्तुङ्गधारामा रहेको स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको हो । बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले दुवै भवन एकसाथ उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष चिदीले नागरिकको आधारभूत स्वास्थ्यमा स्थानीय सरकारको प्रमुख जिम्मेवारी भएको बताउँदै उहाँले बगनासकाली गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउँनुभयो । दुबै भवनको उद्घाटन गर्नुहुँदै अध्यक्ष चिदीले गाउँपालिकाका केहि वडाहरुमा मात्र स्वास्थ्य भवन बन्न बाँकी रहेको र अव ती बाँकी रहेकाहरू पनि अव छिटै बन्नाउने गरि याेजना अघि बढेको भन्दै उहाँले अब हरेक नागरिकहरुले घर नजिकैको स्वास्थ्य चाैकी भवनबाट स्वास्थ्य सेवा लिने गरि गाउँपालिकाले योजना बनाएको बताउँनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले स्वास्थ्य सेवाको विकासमा स्थानीय समुदाय स्तरसम्म संस्थागत विकास भए पनि जनशक्ति विकास तथा सेवाको पहुँचमा राम्रो सुधार हुन नसकेको भन्दै गाउँपालिकाले उक्त क्षेत्रमा काम गरिरहेको बताउँनुभयो । उपाध्यक्ष पाठकले भौतिक रुपले सम्पन्न स्वास्थ्य संस्थाहरुमा नियमित रूपमा आवश्यक जनशक्तिकाे उपलब्ध र औषधिकाे व्यवस्था आवश्यक औजार तथा उपकरण आपूर्ति गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले स्वास्थ्य क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन तथा स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य सेवाको पहुँच तथा गुणस्तरको प्रभावकारी अनुगमन र मूल्याङ्कन गरिने बताउँनुभयो ।कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्साल, प्रवक्ता टिका बहादुर थापा, वडाध्यक्षहरु, समाजसेवी, जग्गादातालगाएतले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा सबै पक्षको सहकार्यमा मात्रै बिरामी वा स्वास्थ्य सेवाग्राहीको सुरक्षा गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने विषयमा जोड दिएका थिए । कार्यक्रमका अवसरमा भवन निर्माणका क्रममा सहयोग गर्ने विभिन्न व्यक्ति, संस्था र जग्गादाताहरुलाई सम्मान समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *