यातायात सेवा कार्यालय पाल्पाले पहिलोपटक चालक अनुमतिपत्रका लागि परीक्षा सुरु गर्‍यो

पाल्पा , पाल्पाबाट पहिलोपटक दुई पाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्रको परीक्षा सुरु भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले शुक्रबारदेखि दुई पाङ्ग्रे सवारी साधनको सवारी चालक अनुमति पत्रको परीक्षा लिएको हो । कार्यालयले पाल्पामा पहिलो पटक मोटरसाइकल तर्फ वर्ग (ए) र स्कुटरतर्फ वर्ग (के) को नयाँ लाइसेन्स जारी गर्न लिखित परीक्षा लिएको जनाएको छ । पहिलो दिन लिखित परीक्षामा २०० जना परिक्षार्थीहरू सहभागी भएको कार्यालय प्रमुख केशव सुनारले बताउनुभएको छ ।

उहाँले परीक्षार्थीले लिखित परीक्षामा ६० अङ्क ल्याएमा पास हुने व्यबस्था रहेको बताउँदै चालक अनुमतिपत्रकाे लिखित परिक्षामा पास भएका परिक्षार्थीहरूको प्राटिक्कल (ट्रायल) परीक्षा दिन पाउने जानकारी गराउँदै कार्यालय प्रमुख सुनारले पाल्पाको यातायात सेवा कार्यालयमा सवारी चालक अनुमति पत्रको लागि देशभरका जुनसुकै स्थानका व्यक्तिहरूले मोबाईल कम्प्युटरबाट सजिलै आवेदन दिन सक्ने बताउनुभएको हाे । यातायात कार्यालय बुटवलमा सेवाग्रहीहरूको अत्याधिक चाप बढे पछि लुम्बिनी प्रदेश यातायात व्यवस्था विभागले पाल्पामा पनि दुई पाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्र परीक्षाको लागि व्यवस्था मिलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *