पाल्पा, रामपुर नगरपालिकाकाे आयोजनामा युवा उद्यमीहरुलाई युवा स्वरोजगार सम्बन्धि अभिमुखिकरण कार्यक्रम रामपुरमा सम्पन्न भएको छ । रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा छनौट भएका युवा उद्यमीहरूलाई लक्षित गरेर अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो ।अभिमुखिकरण कार्यक्रमकाे नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा सहभागी युवा उद्यमीहरूलाई कार्यक्रमको बारेमा जानकारी गराउँदै मापदण्ड एवं व्याज अनुदान रकम र भुत्तानी प्रक्रियाबारे जानकारी दिइएको छ ।
नगर प्रमुख थापाले रामपुर नगरपालिकाले सुरु गरेको व्याज अनुदान कार्यक्रम लाेकप्रिय र प्रभावकारी बनेको समेत बताउँनुभयाे ।रामपुर नगरपालिकाले युवालाई प्रोत्साहन गर्न दुई वर्ष सम्मका युवाका लागि व्याज अनुदान दिदै आएको जानकारी दिनुहुँदै नगर प्रमुख थापाले कृषकले अनुदान लिने,अनुदान पाएपछि बीचमै छाड्ने प्रवृत्ति रहेकाले बताउँदै राज्यको लगानी उचित र सहि ठाउँमा सदुपयोग नभएपछि नगरपालिकाले नयाँ मापदण्ड र अवधारणाका रूपमा व्याज अनुदान कार्यक्रम ल्याएको भन्दै कार्यक्रमलाई सहि ढंगले उपयोग गर्नुपर्ने बताउँनुभयाे । उहाँले कारोबार गरेको रामपुर नगरपालिकाभित्रका जुनसुकै वित्तीय संघसंस्थाको खातामा तीन तीन महिनामा नगरपालिकाले व्याज अनुदानका रूपमा रकम भुत्तानी गरि दिने गरेको समेत उहाँले बताउँनुभयाे । युवा विनोद श्रेष्ठले केहि गर्छु भन्ने युवाका लागि यो कार्यक्रम अवसरका रूपमा प्रयोग गर्नसके निकै नै राम्रो रहेको बताउँनुभयाे ।
केही काम गर्न चाहना भएका युवाहरूलाई उद्यमी बनाउन तथा व्यापार व्यवसायबाट स्वरोजगार एवं आत्मनिर्भर बनाउन व्याज नगरपालिकाले ब्याज अनुदान उपलब्ध गराइएको छ । एक्काइस वर्षदेखि उन्साठी वर्ष सम्मका युवाले याे कार्यक्रममा समावेश गरिने नगर प्रमुख थापाले बताउँनुभयाे । कार्यक्रमको सहजिकरण कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले गर्नुभएको हाे।कार्यक्रममा सहभागीहरूले कृषि तथा पशुपंक्षिको बीमा गर्न बीमा कम्पनीहरूले नमानेको गुनासो समेत गर्नुभएको थियोे । पशु शाखा प्रमुख तुल्सीराम काफ्लेले बीमा कम्पनीलाई बिमा गर्न झकझक्याउने बताउँनुभयाे । कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाकाे अध्यक्षतामा कृषि शाखाका प्राविधिक युवराज नेपालीकाे सञ्चालनमा सम्पन्न भएको हाे । यस आर्थिक वर्षमा व्याज अनुदानका लागि चवालीस जना युवाहरू छनौटमा परेकाे जानकारी रामपुर नगरपालिकाले जनाएको छ ।
![](https://i0.wp.com/euttardayitwa.com/wp-content/uploads/2024/12/Messenger_creation_5FC7BD3E-A774-4446-93C8-4B31F34097E5.jpeg?resize=640%2C427&ssl=1)
![](https://i0.wp.com/euttardayitwa.com/wp-content/uploads/2024/12/Messenger_creation_AB98F1AF-3198-4CB0-AEE6-2BFBF91D0D02.jpeg?resize=640%2C427&ssl=1)
![](https://i0.wp.com/euttardayitwa.com/wp-content/uploads/2024/12/Messenger_creation_EB55C0D9-479F-462E-B188-AFF0E0D66352.jpeg?resize=640%2C427&ssl=1)
![](https://i0.wp.com/euttardayitwa.com/wp-content/uploads/2024/12/Messenger_creation_0620F6FD-4FE5-4C6C-81AD-9FE2E7AE6C7A.jpeg?resize=640%2C427&ssl=1)