रम्भा गाउँपालिकाकाे वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ

पाल्पा, रम्भा गाउँपालिकाले गत आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा गत वर्षमा उपलब्धि भएका कामहरुको बारेमा जनतालाई जानकारी गराउँदै रम्भा गाउँपालिकाको समग्र विकासका लागि गाउँपालिकाबाट सञ्चालित योजनाहरू नीति तथा कार्यक्रम अनुसारको याेजनाहरूलाई समयमै सम्पन्न गर्न सहयोग गर्ने सराेकारवाला उपभोक्ताहरू सबैमा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले धन्यवाद ज्ञापन गर्नुभयो ।उहाँले गत वर्षजस्तै यस चालु आर्थिक वर्षमा पनि सम्पूर्ण जनप्रतिनिधी, राजनीति दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, शिक्षक , रम्भा गाउँपालिकाका विषयगत शाखाका कर्मचारीहरु, गाउँपालिकास्तरिय बाल क्लब तथा आम नागरिकहरूलाई सधै सकारात्मक सहयोगको लागि अनुरोध गर्नुभयो । उहाँले सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाको विकास नै आफ्नो पहिलो प्राथमिकता भएको बताउदै सबैको सुझाव र सल्लाह अनुसार काम अगाडि बढाउने समेत अध्यक्ष भण्डारीले बताउनुभयो ।वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रमकाे अवसरमा गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *